सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घुमाई जादु यन्त्रमा

Nepal Telecom ad

नालायक हुँदै नाङ्गै, हिँडेथ्यौ चोकमा जब ।
पुग्यो राजनीति छाड, नेता ! नेपालमा अब ।।
देश भड्खालामा हाली, पचायौ कोष झुण्डले ।
दौडाइ दृष्टि हेर्दैछन्, अझै सुण्ड मुसुण्डले ।।

डाडु पन्यू समाउने, पदमा हानथाप भो ।
नामको धर्म गर्नेले, देखेन मार्ग पापको ।।
नसकी थेग्न त्यो सत्ता, सुम्पे चाकर तन्त्रमा ।
झनै झुलाउँछन जन्ता, घुमाई जादु यन्त्रमा ।।

चढाए पहिले भेटि, पुजारी बन्न पाउँछन् ।
देखे झैं गिद्धले सिनु, चिहान तक धाउँछन् ।।
सुइँको सुराक पाएमा, छाडी चौतर्फ नै चर ।
खोसेर लोकको गाँस, असुल्छन् लाशकै कर ।।

नभई कर्मिष्ठ कारिन्दा, घुम्छन् चिल्ला सवारमा ।
सेवाग्राही निरासी भै, पर्छन् सदैव मारमा ।।
थुत्ने धुत्ने हिनामिना, भैन्जेल पछिल्तिर ।
राष्ट्रको उन्नति हुन्न, झुक्दै जानेछ झन् शिर ।।

मौकाले मात्र क्यै हुन्न, इच्छा शक्ति नजागदा ।
सरल त्यागी र निस्वार्थी, भेटिए नि यदाकदा ।।
गिर्दो धूमिल बन्दोछ, नेता नेतृत्वका छवि ।
कलङ्कित हुँदा दोषी, गुपचुप पारिन्छ मुल्तवी ।।

हिंसा अनेक हुँदैछ, बढ्नाले दण्डहिनता ।
कठै ! पिडित पिल्सिँदै, न्याय खोज्न पुगोस् कता ।।
अपनाई तिगडम किर्ते, थापी स्वागतको घडा ।
देखावटी भयो कैद, ती नै रे सबका बडा ।।

कोसीदेखा– ७, काभ्रे

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हराउँदैन

हराउँदैन

निर्मोही शङ्कर
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही