साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुमाई जादु यन्त्रमा

Nepal Telecom ad

नालायक हुँदै नाङ्गै, हिँडेथ्यौ चोकमा जब ।
पुग्यो राजनीति छाड, नेता ! नेपालमा अब ।।
देश भड्खालामा हाली, पचायौ कोष झुण्डले ।
दौडाइ दृष्टि हेर्दैछन्, अझै सुण्ड मुसुण्डले ।।

डाडु पन्यू समाउने, पदमा हानथाप भो ।
नामको धर्म गर्नेले, देखेन मार्ग पापको ।।
नसकी थेग्न त्यो सत्ता, सुम्पे चाकर तन्त्रमा ।
झनै झुलाउँछन जन्ता, घुमाई जादु यन्त्रमा ।।

चढाए पहिले भेटि, पुजारी बन्न पाउँछन् ।
देखे झैं गिद्धले सिनु, चिहान तक धाउँछन् ।।
सुइँको सुराक पाएमा, छाडी चौतर्फ नै चर ।
खोसेर लोकको गाँस, असुल्छन् लाशकै कर ।।

नभई कर्मिष्ठ कारिन्दा, घुम्छन् चिल्ला सवारमा ।
सेवाग्राही निरासी भै, पर्छन् सदैव मारमा ।।
थुत्ने धुत्ने हिनामिना, भैन्जेल पछिल्तिर ।
राष्ट्रको उन्नति हुन्न, झुक्दै जानेछ झन् शिर ।।

मौकाले मात्र क्यै हुन्न, इच्छा शक्ति नजागदा ।
सरल त्यागी र निस्वार्थी, भेटिए नि यदाकदा ।।
गिर्दो धूमिल बन्दोछ, नेता नेतृत्वका छवि ।
कलङ्कित हुँदा दोषी, गुपचुप पारिन्छ मुल्तवी ।।

हिंसा अनेक हुँदैछ, बढ्नाले दण्डहिनता ।
कठै ! पिडित पिल्सिँदै, न्याय खोज्न पुगोस् कता ।।
अपनाई तिगडम किर्ते, थापी स्वागतको घडा ।
देखावटी भयो कैद, ती नै रे सबका बडा ।।

कोसीदेखा– ७, काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराउँदैन

हराउँदैन

निर्मोही शङ्कर
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x