साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्याङ्जालीको बिहेमा झापाली !

Nepal Telecom ad

एक दिन एउटा झापाली एउटा स्याङ्जालीको बिहेमा गएछ !
जब झापाली बिहे घरमा पुग्यो त्यहाँ घरभित्र छिर्नलाई २ ओटा ढोका थिए ।
पहिलो ढोकामा ‘आफन्तजनहरू’ र दोस्रोमा ‘साथीभाइहरू’ लेखिएको थियो !
झापाली चाहिँ ‘साथीभाइहरू’ लेखेको ढोकाभित्र छिरेछ ।

अलि अगाडि पुगेपछि फेरि २ ओटा ढोका थिए ।
एउटा ढोकामा ‘पुरुष’ र अर्को ढोकामा ‘महिला’ लेखिएको थियो !
झापाली ‘पुरुष’ लेखिएको ढोकाबाट भित्र छिरेछ !

त्यहाँबाट अगाडि बढेपछि फेरि २ ओटा ढोका फेला परे !
पहिलो ढोकामा ‘गिफ्ट दिनेहरू’ र दोस्रो ढोकामा ‘गिफ्ट नभएको’ लेखिएको थियो ।
झापालीसँग गिफ्ट थिएन । ऊ ‘गिफ्ट नभएको’ ढोकाभित्र छिरेछ !

ऊ त घर पछाडिको गल्लीमा पो निस्किएछ । अनि पछाडि फर्किएर हेर्यो । घरको भित्तामा यस्तो लेखिएको थियो–
‘लाज सरम छैन ?… स्याङ्जालीको बिहे…! त्यो पनि फ्रिमा पुलाउ खान आइपुगिस ?
जा जा… बाटो तता !!’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x