साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुच्चिएको स्टिलको भाँडो

Nepal Telecom ad

उध्रिएको मानवता बोकी
बारम्बार ओइरिरहने भीडमा
नितान्त फरक संसार देख्छु
जहाँ, जीवन्त हुनुको सजायँ स्वरूप
एउटा अत्यन्तै मैलो जिन्दगी निचोरिएर
बगिरहेको युगीन चित्कार
सहस्र मनसँग याचना गरिरहेछ !

दुइटा इँटामाथिको कालो चप्पल
उसको आखिरी स्वाससम्म सिरानी बन्ला÷नबन्ला
यसैगरी,
यही हिउँदको अन्तिम रात्रि
उसले कटटट काम्दै पार गर्ला÷नगर्ला
जमिनमाथिको
आकाशमुनिको
यो आकाशे पुलमा कैयौँचोटि तुसारो खाएर
उसको जिन्दगीले मर्न बिर्सेको छ ।

छेउमा टल्किएको
मैलो कुच्चिएको स्टिलको भाँडो
बेलाबेला बजिरहेछ– टिनिन्न
दयावानहरू फालिरहेछन् एक सिक्का
मानूँ, त्यो चिसो, उदास भाँडो
उसको फुटेको भाग्यको खप्पर हो
मानूँ, त्यो उदाङ्गो, उजाड भाँडो
उसको जिन्दगीको बगरछेउको ढुङ्गो हो
जहाँ, असङ्ख्य मानिसहरूको हिर्दय चुहेर
बेलाबेला तप्किरहन्छ एक सिक्का
लाग्छ–
उसको जिन्दगीको संरचना सिक्काहरूले बनिएको छ !

मानवजङ्गलबीच
प्रताडनाको चिहानघारीमा
त्यो एक्लो जिन्दगी कति भयावह लाग्छ
कति कठोर लाग्छ–
उसले सास फेरिरहेको परिवेश !

फरक ठम्याउन खोज्छु–
अङ्गभङ्ग भई कच्याककुचुक परेको कठोर जिन्दगी
र, मैलो कुच्चिएको स्टिलको भाँडोबीच
जहाँ, म देखिरहेछु मेरो देशको प्रतिबिम्ब !

डोटेली भाषाको कविता ‘पिच्या स्टिलो भाणो’को नेपाली अनुवाद,
प्रहरी द्वैमासिक, वर्ष ५६, अङ्क १ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x