साइबर अपराध सम्बन्धी सचेतना सामग्री

Nepal Telecom ad

खायो, चपायो
पचायो, नचायो
मिलायो, ढाँट्यो
अझ ढाँट्न सिक्यो
नयाँ नयाँ तरिका झिक्यो
विरोधको सामना ग¥यो
‘गर्छु’, गर्छु’ भन्यो
‘हुन्छ, हुन्छ’ भन्यो
फेरि विरोध आयो
‘अब गर्छ’ भन्यो
‘अब हुन्छ’ भन्यो
लाज पचायो
शर्म पचायो
हेर्दै नकच्चरो भयो
यथावत् हिंडिरह्यो
यथावत् बोलिरह्यो
जे आए पनि सहिरह्यो
यथावत् सम्माानित भइरह्यो
ज्यादै अनुभवी भयो
अत्यन्तै दह्रो कहलियो
बडो साहसी र बहादुर भनियो
पदमा ठडियो, ठडियो
पदवीले सजियो, सजियो
खै,
यो अपवाद हो कि स्वाभाविक हो
मान्छे त ऊ
धेरै पहिल्यै सिध्याउनुपर्ने खालको थियो ।

दियाले, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x