साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाउ

Nepal Telecom ad

“यो संस्थामा ओभर स्टाफिङ भयो । यसरी पनि संस्था चल्छ ? आम्दानी र खर्चको लेखाजोखा नगरी यसरी संस्था अगाडि बढाउँदा संस्था धरापमा पर्छ । संस्था धरापमा पर्नु भनेको हामी यसै संस्थामा काम गर्नेहरूको पेटमा लात हान्नु हो । हामी आफ्नै पेटमा लात हान्न दिंदैनौं ।” – उनले स्वेच्छाचारी आफ्नो हाकिमको विरोध गरे ।

“कुरा त जायजै हो । यसैले उनको तर्कमा मैले समर्थन जनाएँ । स्वेच्छाचारी हाकिमको समर्थक घट्दै गए । उनका भने समर्थकको बृद्धि भयो । अन्ततः स्वेच्छाचारी हाकिम चल्न सकेनन् र पदबाट राजीनामा दिएर अवकाशको बाटो रोजे ।

समयले कोल्टे फेर्यो । उनी नयाँ हाकिम बने । सबैले सोचे– “अब संस्था अगाडि बढ्छ ।”
“संस्थाका असल चिन्तक आए । अब संस्थाका राम्रा दिनहरू फर्कनेछन् ।” – संस्थाका शुभचिन्तकहरूले बजार तताए ।
“संस्थाले खोजेको कुशल प्रशासक ।”– मैले पनि साथीहरू माझ उनको खुलेरै तारिफ गरें ।

भन्दै जाँदा दुई महिनापछि संस्थामा दुईजना प्राविधिकको आवश्यकता पर्यो । विज्ञापन गरिए । केही दिनपश्चात् संस्थामा आठ जना नयाँ अनुहार भित्रिए । अर्थात् राजनैतिक भागबन्डा ।

उनी आजकल भन्दै हिँड्दै छन् रे– “अब संस्था ठूलो भयो । यत्रो ठूलो संस्थामा पनि यस्ता झिनामसिना कुरामा बखेडा गर्न मिल्छ ?”

हल्लाले पखेटा हाल्यो– उनी सबै पार्टी र खेमालाई रिझाएर अवकाश अगाडिका आठदश वर्ष आफ्नो हाकिमी कुर्ची जोगाउने दाउमा छन् रे ।

रचना समय : २०७१ असार ६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म पनि हिमाल बन्न चाहान्छु

म पनि हिमाल बन्न...

लक्ष्मण अर्याल
स्वतन्त्रता

स्वतन्त्रता

लक्ष्मण अर्याल
पाहुना

पाहुना

लक्ष्मण अर्याल
जीत

जीत

लक्ष्मण अर्याल
0
Would love your thoughts, please comment.x
()
x