लक्ष्मण अर्यालदाउ
“यो संस्थामा ओभर स्टाफिङ भयो । यसरी पनि संस्था चल्छ ? आम्दानी र खर्चको लेखाजोखा नगरी यसरी संस्था अगाडि बढाउँदा संस्था धरापमा पर्छ । संस्था धरापमा पर्नु भनेको हामी यसै संस्थामा काम गर्नेहरूको पेटमा लात हान्नु हो । हामी आफ्नै पेटमा लात हान्न दिंदैनौं ।” – उनले स्वेच्छाचारी आफ्नो हाकिमको विरोध गरे ।
“कुरा त जायजै हो । यसैले उनको तर्कमा मैले समर्थन जनाएँ । स्वेच्छाचारी हाकिमको समर्थक घट्दै गए । उनका भने समर्थकको बृद्धि भयो । अन्ततः स्वेच्छाचारी हाकिम चल्न सकेनन् र पदबाट राजीनामा दिएर अवकाशको बाटो रोजे ।
समयले कोल्टे फेर्यो । उनी नयाँ हाकिम बने । सबैले सोचे– “अब संस्था अगाडि बढ्छ ।”
“संस्थाका असल चिन्तक आए । अब संस्थाका राम्रा दिनहरू फर्कनेछन् ।” – संस्थाका शुभचिन्तकहरूले बजार तताए ।
“संस्थाले खोजेको कुशल प्रशासक ।”– मैले पनि साथीहरू माझ उनको खुलेरै तारिफ गरें ।
भन्दै जाँदा दुई महिनापछि संस्थामा दुईजना प्राविधिकको आवश्यकता पर्यो । विज्ञापन गरिए । केही दिनपश्चात् संस्थामा आठ जना नयाँ अनुहार भित्रिए । अर्थात् राजनैतिक भागबन्डा ।
उनी आजकल भन्दै हिँड्दै छन् रे– “अब संस्था ठूलो भयो । यत्रो ठूलो संस्थामा पनि यस्ता झिनामसिना कुरामा बखेडा गर्न मिल्छ ?”
हल्लाले पखेटा हाल्यो– उनी सबै पार्टी र खेमालाई रिझाएर अवकाश अगाडिका आठदश वर्ष आफ्नो हाकिमी कुर्ची जोगाउने दाउमा छन् रे ।
रचना समय : २०७१ असार ६
Subscribe
Login
0 Comments
Oldest







































