साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातले खल्तीबाट

Nepal Telecom ad

रातले खल्तीबाट
एक खिल्ली सिगरेट निकालेर
ओठमा च्याप्यो
कोटको दायाँ खल्ती छाम्यो
बायाँ खल्ती छाम्यो
पाइन्टका खल्तीहरू पनि छाम्यो क्रमैसँग
रातले सलाई बोक्न बिर्सेछ
नजिकै उभिएको मलाई
रातले सोध्यो– “भाइ सलाई छ ?”
मुस्कुराउँदै मैले
मुटुबाट एउटा काँटी निकालेँ
र, कोरेँ मुटुकै बट्टाको बारुदमा
आगो बल्दै बलेन
बारुद ओस्सिएको थियो सायद
सिगरेट पिउन नपाएको झोंकमा
रात फत्फताउँदै उक्लियो आकाशतिर
अझै पनि रातभर आकाशमा
सिगरेट सल्काई रहन्छ लगातार
सिगरेट त देखिँदैन यति टाढा धर्तीबाट
केवल, सिगरेटका टुप्पामा टिल्पिलाइरहेका
आगोहरू देखिन्छन्
सायद कसैको मुटुमा
आगो बाँकी हुनुपर्छ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x