साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तकहरू

Nepal Telecom ad

१.
किन पछाडि सर्छौ हानाहान गरे भो
बिच बाटो मै लुगा तानातान गरे भो
जाबो इज्जत जाला अरु के नै हुन्छ र
एक रातको मूल्य गर्न कानाकान गरे भो ।

२.
छोरो गयो बिदेश आउँदै आएन
न खबर न शेष आउँदै आएन…
पिँढी बसी रुन्छिन् ती बुढी आमा
भन्दै कान्छो रुपेश आउँदै आएन ।

३.
गोर्खे रगत गोर्खे छाती गोर्खाली हुँ म
जाइ लाग्छु शत्रु माथि गोर्खाली हुँ म
कहिल्यै पनि अरु सामु झुक्न जानिन
एक्लै चाहे होस् साथी गोर्खाली हुँ म ।

४.
संसदमा के भो सदनमा के भो ?
संविधान सभा भवनमा के भो ?
एक वर्षभित्र लेख्छौ भन्दै हिँड्ने
प्रचण्डमा के भो गगनमा के भो ?

५.
दिन्छु मैले भनेकै’थेँ तिमीले मुटु माग्दा खेरी
तड्पिएर बाँची रा’छु मुटु लिई भाग्दा खेरी
तिम्रो पीडा मैले बुझ्थेँ मेरो पीडा बुझिनौ है
उठाउने कोहि छैन मलाइ ठेस लाग्दा खेरी ।

जदाहा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x