साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिटीगुन्टा कस्नुपर्ने भयो भने

Nepal Telecom ad

पराइको बन्दकी भै बस्नुपर्ने भयो भने
के गरौँला झिटीगुन्टा कस्नुपर्ने भयो भने ।

आमा माफ गर्लिन् र खै माफीयोग्य बन्छौँ र के
आफन्तकै आँखाबाट खस्नुपर्ने भयो भने

रहन्छौँ र नेपाली नै ? अस्तित्व के नेपालको ?
पराइमै चिल्लो चाप्लो घस्नुपर्ने भयो भने ।

सधैँ यस्तै डर्छ अनि अत्तालिन्छ मन उसै
शरणार्थी बन्दै विदेश पस्नुपर्ने भयो भने ।

दासी बनी दासत्वको बिल्ला भिर्दै छातीभरी
भुली गोर्खे अस्तित्व नै फस्नुपर्ने भयो भने ।

के गरौँला के भनौँला के हाँसौंला खुसी हुँदै
पराइकै निम्ति घुँडा धस्नुपर्ने भयो भने ।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x