साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी रम्घाली

Nepal Telecom ad

एउटा बिर्के टोपी छ
भित्तामा दौरा छ
भानुको नाम छ
चुँदीको धाम छ ।

च्यातिएको लेखोट छ
रित्याइएको सन्दुस छ
सुकेको मसिदानी छ
भानुको कहानी छ ।

सरकारको बजेट छ
बजेटको गेट अन्तै छ
बजेटविहीन समिति छ
तलबविहीन अफिस छ ।

हल्लाको सञ्चार छ
दुखको संसार छ
पुरस्कारको भीड छ
असारको उनन्तीस छ ।

सहरमा राजधानी छ
गाउँमा जन्मस्थल छ
राजधानीमा रमिता छ
गाउँमा मौनता छ ।

भानुको नाम छ
र पो मेरो नाम छ
संस्थाको नाम छ
टोपीको नाम छ ।

नाममा दाम छ
केही काम पनि छ
ठूलो आफ्नो नाम छ
त्यसको बेग्लै ठाम छ ।

भत्किएको मन छ
सिलाउनेको कमी छ
जलाउनेको हूल छ
जान्नेहरूको शूल छ ।

ज्ञान गाउँको छ
व्यापार सहरमा छ
सहरमा पो घर छ
गाउँमा त कहर छ ।

शिरमा बिर्के टोपी छ
भानुभक्तको नाम छ
समाजमा मान छ
को हामी समान छ ??

सातदोबाटो, ललितपुर
२०७१ असार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x