साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठट्यौली

Nepal Telecom ad

रङ नम्बर पो परेछ

एउटा मान्छेले आफ्नो घरमा फोन गरेर सोध्छ– को बोल्नुभएको ?
उताबाट– म यो घरको काम गर्ने मान्छे ।
त्यो मान्छे– ओइ, मेरो घरमा त कोही पनि काम गर्ने मान्छे थिएन ?
उताबाट– म नयाँ काम गर्ने मान्छे हुँ, आजै साहुनीले राखेको ।
त्यो मान्छे– त्यसो भए साहुनीलाइ दे ।
– तपाइँ को ?
– म त्यो घरको मालिक ।
– साहुनी त बेडरूममा अर्कै केटासँग हुनुहुन्छ, मैले त उसैलाई पो यो घरको मालिक ठानेको ।
– के रे ?
– हो साब ।
– त्यसको यत्रो हिम्मत, जा त्यसो भए तिनीहरूलाई दराजमा राखेको मेरो पेस्तोल झिकेर मारिदे ।
– कहाँको दराज ?
– बैठक कोठाको ।
– नाइँ, मलाई पुलिसले समातेर लाँदैन कि क्या हो ?
– म तलाइँ पैसा दिन्छु नि !
– कति दिनुहुन्छ र ?
– म तलाइँ एक लाख दिन्छु ।
– नाइँ पाँच लाख दिने भएमात्र गर्छु ।
– ल, म तलाइँ पाँच लाख नै दिने भएँ । जा गएर मारिदे ।
एकछिन फोन होल्ड हुन्छ । त्यो मान्छे माथि चढेको आवाज आउँछ । दुईचोटी गोली चलेको आवाज आउँछ । मान्छे तल झरेको आवाज आउँछ ।
– हेलो साब, लासलाई कहाँ ठेगान लगाउने ?
– पछाडिपट्टि बगैँचामा बोराले छोपेर राख्, अहिले म आएर ठेगान लगाउँछु ।
– साब यो घरमा त बगैँचा नै छैन नि ।
– के रे ! लौ जा ! धत्तेरीका रङ नम्बर पो परेछ । सरी है ।

पतिको प्रेम
एकजोडी पति आफ्नो घरमा बसिरहेका छन् । उनीहरूका बीच निकै गहिरो प्रेम रहे देखिन्छ । उनीहरू आपसमा कुराकानी गर्दैछन् ।
पत्नी : म मरेँ भने के तपाइँ अर्को विवाह गर्नुहुन्छ ?
पति : अहँ, गर्दिनँ ।
पत्नी : किन नगर्ने नि ?
पति : म तिमीलाई धेरै माया गर्छु, त्यसैले क्या ।
पत्नी : अँ होला, साँच्चै भन्नुस् न क्या (झकझक्याउँदै)
पति : त्यसो भए म अर्को विवाह गर्छु ल ?
पत्नी : (अलि दुःखी हुँदै) अनि तपाइँ त्योसँग यही घरमा बस्नुहुन्छ ?
पति : यति राम्रो घर छोडेर कहाँ बस्न जाऊँ त प्रिय ?
पत्नी :अनि तपाइँ त्योसँग हामी सुत्ने पलङमै सुत्नुहुन्छ ?
पति : यस्तो आनन्ददायी पलङ छोडेर कहाँ सुत्न जाने त !
पत्नी : अनि मेरा यी सबै गहना पनि उसैलाई दिनुहुन्छ ?
पति : ऊसँग आफ्नै गहना भैहाल्छ नि !
पत्नी : अनि उसलाई मेरो स्कुटर पनि दिनुहुन्छ ?
पति : अँ, यति राम्रो स्कुटर कहाँ फाल्ने त !
पत्नी : त्यसो भए उसलाइ मेरा सबै कुर्तासुरूवालहरू पनि दिनुहुन्छ होला नि हगि ?
पति : तिम्रा कुर्ता सुरूवाल उसले के लगाउँथी र ! ऊ तिमीभन्दा धेरै पातली छे, उसलाई तिम्रो लुगा ठीक भए पो !
पत्नी : के रे के रे, पातली छे रे ?
पति : धत्तेरिका ! अ.. अ.. ।

रिजल्ट
(एकजना बाबुले आफ्नो छोरासँग जाँचको रिर्पोट कार्ड माग्छ)
छोरो : त्यो त मेरो साथीले भर्खरै सापट मागेर लगेको छ ।
बाउ : किन नि त्यसले जाँच बिगा¥यो कि क्या हो ?
छोरो : कहाँ हुनु नि ! मेरो रिजल्ट देखाएर आफ्ना बाबु–आमालाई तर्साउनु पर्यो रे क्या !

यो पनि त्यस्तै हो
साथी १ : मान्छेहरूलाई लभम्यारिज गर्न मन लाग्छ कि एरेन्ज म्यारिज गर्न मन लाग्छ भनेर प्रश्न गर्न खुब मज्जा आउँछ । यो प्रश्न तिमीलाइ झुण्डिएर मर्न मन लाग्छ कि गोली खाएर मर्न मन लाग्छ भने जस्तै त हो नि !
साथी २ : विवाह गर्ने उद्देश्य नभए पनि केटाहरू किन केटीको पछि कुदिरहन्छन् त ?
साथी १ : गाडी चलाउने उद्देश्य नभए पनि कुकुरहरू किन गाडीको पछि कुदिरहन्छन् त ? यो पनि त्यस्तै हो ।
– नवराज कँडेल
काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x