साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाच् भालु नाच्

Nepal Telecom ad

नाच् भालु नाच्, नाच् भालु नाच्
बारुले कम्मर, मर्काई–मर्काई नाच्
नाच् भालु नाच् …

कोठाभित्र होइन भालु, सबका सामु नाच्
देख्नेले लाज माने, आँखा चिम्ली नाच्
साँच् भालु साँच्, छोरानातिसम्मलाई साँच्
नाच् भालु नाच् …

देखाउने होइन भालु, खाने दाँतले नाच्
कोखाभित्र उम्रिएको, दाँत देखाई नाच्
भाँच् भालु भाँच्, सोझाजति भाँच्
नाच् भालु नाच् …

मादलको ताल, फेरी–फेरी नाच्
दहीच्युरा जे भेटे ’नि, रङ्ग फेर्दै नाच्
जाँच् भालु जाँच्, सबको नाडी जाँच्
नाच् भालु नाच् …

भन्नेहरु भन्दै गर्छन्, आफ्नै सुरमा नाच्
लाछीजति पाखा लाग्छन्, छम्छम्ती नाच्
ताछ् भालु ताछ्, निर्धाजति ताछ्
नाच् भालु नाच् …

बाँच् भालु बाँच्, आफू मात्र बाँच्
आँगन टेँढो, भए पनि नाच्
आए पनि नआए ’नि, नाच् भालु नाच्
नाच् भालु नाच् …।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाच भालु नाच

नाच भालु नाच

धीरकुमार श्रेष्ठ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x