साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिले पो फिर्ला बुद्धि ?

Nepal Telecom ad

नहिँडेर सिधा बाटो उक्लनै ओर्लनै बल,
अनौठा भावभङ्गीले माहिर छन् गर्नमै छल
मनै बाङ्गो तनै बाङ्गो, विचार बाङ्गियो सबै,
कुकुरको सधँै उस्तै, ढुङ्ग्रामा सोझिएन, खै ।

स्वाद र राग मीठो छ शिशीको बन्द झोलमा,
छेपारे रंगले गर्दा आँखा गड्दैछ खोलमा
टाई कोट भिरी भट्टी पस्छ बन्दै भलादमी
मुलायम् हातको सूची, देखेर बस्छ ऊ रमी ।

कराही दुधको छाडी घ्याम्पोकै हिँड्छ खोजमा,
ठेकीमा झ्याउ लाग्दैछ, दही भेटिन्न भोजमा
सुकुटी सेकुवा चाना, बनेर मुखमा पस,
गाई छन् बधशालामा, गाह्रो भो, भेट्न गोरस ।

पश्चिममा डुबे घाम, पूर्वमा राग फैलियो
लुछिँदा ह्याकुला साँप्रा, हरियो साग वैलियो
कुलटा व्यभिचारीका, भएन बुद्धि मथ्थर,
केराको थाम देखेमा, हुन्छन् टाँसिन तत्पर ।

तान्दछे, धन अर्कीले, घर्कीले घर धान्दछे,
नदेखूँ म भर्ना सौता, पति सव्थोक ठान्दछे
पाउने आशमा माया, कुर्छु भन्छे जुनी भर,
बधू नगरकी देखी, फर्कंदैन ऊ चैँ घर ।
कोसीदेखा, काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराउँदैन

हराउँदैन

निर्मोही शङ्कर
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x