साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिजल्ट

Nepal Telecom ad

लभराज, प्रेमकुमार, मायानाथ तीनैजना– जनजागृति उमाविमा पढ्ने एकै उमेरका छात्रहरू हुन् । हुने बिरुवाको चिल्लो पात भनूँ वा नहुने बिरुवाको फुस्रो पात भनूँ– उनीहरू सानैदेखि छुच्चा, धूर्त र फटाहा थिए । पढाइमा तिनीहरूको एकरत्ति ध्यानै थिएन । कक्षा एक देखि नै प्रत्येक कक्षामा दुई दुई वर्षका दरले फेल हुँदै आउँदा, पोहोर ७ कक्षामा तिनीहरू प्रत्येकको उमेर, १७–१७ वर्ष पुगेको थियो । उनीहरूको रिजल्ट सप्रन नसक्दा, उनीहरू र अभिभावक त दुःखी थिए नै । त्यसभन्दा पनि बढी दुःखी हुनेहरू, शिक्षक थिए ।

संयोगको कुरा, पारिपट्टिको समाजसुधार उमाविमा पनि लभकुमारी, प्रेमकुमारी र मायादेवी तीनवटी एकै उमेरका छात्राहरू पढ्थे । उनीहरूको पनि पढाइको हालत उही थियो । सानैदेखि सिंगार–पटार र नक्कल–झक्कलमा भने खुबै ध्यान दिन्थे । प्रत्येक चाडबाडको निहुँ गरी नयाँनयाँ लुगा किनिदिन बाबुआमालाई करकर गर्नु र फेरी फेरी नयाँ लुगा लगाएर स्कुल जानु उनीहरूको सोख र दिनचर्या नै थियो । उमेर बढेसँगै उनीहरू झन् राम्री देखिन थाले ।

वारिपारि दुवैतिरका शिक्षकहरू त आजित भएकै थिए । बाबुआमाहरू पनि अब त आजित हुन थाले । अन्तिम उपायको रुपमा, केटाहरूका बाबुआमाले सल्लाह गरी आफ्ना छोराहरूको विवाह गरिदिने निश्चय गरे । संयोगले बुहारी हुनेहरू उनै लभकुमारी, प्रेमकुमारी र मायादेवी रहेछन् । ७ कक्षाको रिजल्ट निस्कँदा फेल भएकै दिन, उनीहरूको भित्रिने भित्र्याउने काम भएको थियो ।
यो साल तीनवटै जोडीलाई पुत्रलाभ भयो । उनीहरू जम्मा भएर एकआपसमा कुरा गर्दै थिए, “यसपटक भने रिजल्ट राम्रै निस्क्यो ।”

कमलाकुञ्ज, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x