साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुत्तरित प्रश्न

Nepal Telecom ad

भुण्टी !
तिम्रो यो भट्टी पसल
र मेरो यो देशमा के फरक छ हँ ?
तिमी अलिकति दारु बेच्छ्यौ
अलिकति मुस्कान बेच्छ्यौ
अलिकति नटखट र
अलिकति आत्मियता बेच्छ्यौ ।
र मेरो देश,
अलिकति थाङ्नाहरू बेच्छ
फाटेका भोटा र कछाडहरू बेच्छ
उध्रिएका गुन्यू र उध्रिएकै सपनाहरू बेच्छ
चिरिएका कुर्कुचा र निधारका कर्कटपाताहरू बेच्छ
गालाका हड्डी र अनुहारका मुजाहरू बेच्छ
सुकेका आन्द्रा र निभेका चुलाहरू बेच्छ
बुद्ध सगरमाथा र सीताहरू बेच्छ
हो,
मैले छुट्याउनै सकिनँ भुण्टी,
तिम्रो यो भट्टी पसल
र मेरो यो देशमा के फरक छ हँ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x