साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाइते र काइते

Nepal Telecom ad

दुई बजे भनेको कार्यक्रम
दुई घन्टै ढिलो भो
पर्खिंदा पर्खिंदा
कति मान्छेको त
प्यान्ट नै गिलो भो
तीन घन्टापछि बल्ल बल्ल
नेताज्यू आउँछन्
बस्न पाका छैनन्
धार्नीको माला लाउँछन्
आयोजक पनि
कार्यक्रम ढिलो भएकोमा क्षमा माग्दै
नेताज्यूलाई माइक थमाउँछन्
के गरुन् बिचरा जनता
ताली बजाउँदै रमाउँछन् ।

यति भएपछि त के चाहियो र
नेताज्यूलाई
माइक त उनी
आइसक्रिम भन्दा मिठो मान्छन्
दुई घन्टाको भाषण ठोक्दा पनि
दुई मिनेट मात्र गरेको ठान्छन्
आफै जोसिँदै आफै हौसिँदै
घरी तल घरी माथि
हात फन्काउछन्
अब त सकियो कि भन्दा
अभैm भाषण तन्काउँछन् ।

सानो कुरो भन्दा पनि
लामो भूमिका बान्छन्
वाक्क दिक्क भएका दर्शकलाई
पैसै तिरेर ल्याएको ठान्छन्
नेताज्यूलाई के थाह ?
बृद्धहरू गली सके
बालकहरू ढली सके
युवाहरू कता चली सके
भोज खान पाइन्छ भनी ल्याइएका
कतिका पेट भोकै छन्
मिठो खान पाइन्छ भनी आएका
केटाकेटी घामले रोकै छन् ।

झिगो मार्न नसक्नेले
बाघ मार्ने भाषण ठोक्याछन्
सत्तामा जान नपाएपछि
खाली रिसराग मात्र पोख्याछन् ।

सहिदको सपना भन्दै
आज पनि
जनतालाई सपना बाँड्दैछन्
तर कसरी पत्याउने !
सात सालदेखि नेताज्यू
यसरी नै हामीलाई ढाँट्दैछन् ।

सहिदका छोराहरू बाख्रा चराउन
कोटतिर चड्दैछन्
सहिदको कोटाको डाक्टरी
नेताको छोरा
भोटतिर पढ्दैछन्
आन्दोलनमा परेका
घाइतेहरू
कोही कोमामा छन्
कोही कुनामा रुँदैछन्
काम न काजका काइतेहरू
देशको मन्त्री प्रधानमन्त्री पो हुँदैछन् ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x