साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी कार्यालय

Nepal Telecom ad

कामधेनु गाई हो
सरकारी कार्यालय
जसले दोए पनि हुन्छ
बियाए पनि दोए हुन्छ
नबियाए पनि दोए हुन्छ ।

दुहुँदा दुहुँदा दूध धेरै आए
घ्यू बनाएर खाए हुन्छ
खाँदा खाँदा ढ्याऊ ढ्याऊ डकार आए
जीउमा लाए पनि हुन्छ
छुर्पी बनाएर चुइगम चपाए झैं चपाए पनि हुन्छ ।

सकेसम्म सक्ने जतिले निचोरे पनि हुन्छ
जजसले चिथोरे पनि हुन्छ
दुहुँदा दुहुँदै मरेछ भने,
छालाको प्रकार बनाएर लाए पनि हुन्छ ।

कि कमकम म–म खाए हुन्छ
कि कवाफ बनाए हुन्छ ।
घाँस–कुँडो खुवाउने गोठाला (जनता) छँदैछन्
त्यसैको छालाको नारा बनाएर
तिनै गोठालालाई जोत्नुसम्म जोताए हुन्छ
जय राष्ट्रवाद ! जय नेपाल !
जय जनता ! जय मधेश ! जय जनवाद !
जय सलाम ! भन्दै
त्यही रगतले जताततै पोताए हुन्छ ।

सरकार चलाउने
ठूलो दाइ
सरकार ढलाउने
सानो भाइ
प्रतिगामी, मध्यगामी, अग्रगामी,
नयाँ–पुराना
होचा, पुड्का, अग्ला, सग्ला
मोटा, दुव्ला, नेप्चा, थेप्चा
सबै सबै लालु, कालु र भालुहरू मिलेर
सिङ्गै गोठ नै रित्याए हुन्छ
गाईलाई नै सिध्याए पनि हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तोरीलाहुरे

तोरीलाहुरे

दीपक खनाल
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x