सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लेखेर के हुन्छ ?

Nepal Telecom ad

हरेक चुरोटको बट्टामा सूचना लेखिएकै हुन्छ
“धुम्रपान स्वास्थको लागि हानिकारक” हुन्छ
तैपनि अम्मली ढुक्क चुरोट तानी रहेकै हुन्छ ।

“भ्रष्टाचारीलाइ प्रवेश निषेध” लेखिएकै छ ढोकामा
तैपनि भित्र हाकिम ढुक्क बसिरहेकै हुन्छ
थाहा छैन सूचना किन लेख्छन्, लेखेर के हुन्छ ?

“यहाँ फोहर नफाल्नु होला” जहाँ लेखिएको हुन्छ
तपाई ढुक्क हुनुहोस्, फोहर त्यहिँ फ्याँकिएको हुन्छ
सूचना नै त हुन् यी ऐन नियम र कानुन पनि
अब त झन् संविधान पो लेख्छन् अरे, लेखेर के हुन्छ ?

गर्नुहोस् न तपाइँलाई मन लाग्या गरे हुन्छ
थाहा छैन सूचना किन लेख्छन्, लेखेर के हुन्छ ?

लेख्नैलाई त वेद, धम्मपद, कुरान बाइबल सब लेखिसकियो
संसारमा ज्ञानको के कमि छ ?
जब मानिस भित्रभित्रै कुहिएको हुन्छ, तब कहाँ के लेखेर के हुन्छ ?
गर्नुहोस् न तपाईंलाई जे मन लाग्या गरे हुन्छ
थाहा छैन यहाँ को के किन लेख्छन, लेखेर के हुन्छ ?

बत्तिसपुतली, काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर