साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखेर के हुन्छ ?

Nepal Telecom ad

हरेक चुरोटको बट्टामा सूचना लेखिएकै हुन्छ
“धुम्रपान स्वास्थको लागि हानिकारक” हुन्छ
तैपनि अम्मली ढुक्क चुरोट तानी रहेकै हुन्छ ।

“भ्रष्टाचारीलाइ प्रवेश निषेध” लेखिएकै छ ढोकामा
तैपनि भित्र हाकिम ढुक्क बसिरहेकै हुन्छ
थाहा छैन सूचना किन लेख्छन्, लेखेर के हुन्छ ?

“यहाँ फोहर नफाल्नु होला” जहाँ लेखिएको हुन्छ
तपाई ढुक्क हुनुहोस्, फोहर त्यहिँ फ्याँकिएको हुन्छ
सूचना नै त हुन् यी ऐन नियम र कानुन पनि
अब त झन् संविधान पो लेख्छन् अरे, लेखेर के हुन्छ ?

गर्नुहोस् न तपाइँलाई मन लाग्या गरे हुन्छ
थाहा छैन सूचना किन लेख्छन्, लेखेर के हुन्छ ?

लेख्नैलाई त वेद, धम्मपद, कुरान बाइबल सब लेखिसकियो
संसारमा ज्ञानको के कमि छ ?
जब मानिस भित्रभित्रै कुहिएको हुन्छ, तब कहाँ के लेखेर के हुन्छ ?
गर्नुहोस् न तपाईंलाई जे मन लाग्या गरे हुन्छ
थाहा छैन यहाँ को के किन लेख्छन, लेखेर के हुन्छ ?

बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x