साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐनामा एउटा रुख

Nepal Telecom ad

अचेल, साँझ बिहान घरिघरि ऐना अगाडि उभिन्छु
ऐनाभित्र निहार्छु
देख्छु, त्यहाँभित्र एउटा रुख ।
पोथ्रो होइन
निक्कै उमेर खाएको जस्तो देख्छु म ।
बढेमानको यस रुखमा
रुखका पातहरूमा मुनाहरूमा
अनेक मानिसहरूका आकृतिहरू देख्छु
झण्डाहरू बोकेका जस्ता, राताराता
हेर्दाहेर्दै एकाएक रुख हराउँछ
र त्यहाँ अनगन्ती मानिसहरूको भेला देख्छु
ठम्याएर हेर्छु, थुप्रै मुठी उठाएका मान्छेहरूको चाङ देख्छु
ती मान्छेहरूको भीडभित्र कतै म आफैंलाई पनि देखेदेखे झैं लाग्छ ।
अहा ! कति मिठा सपना बोकेर
कति सुन्दर कल्पना कुँदेर
सपनै सपनाहरूको रुख
कल्पनै कल्पनाहरूको रुख
कति मिठो खाना फलाउँछ जस्तो लागेको रुख
कति सुन्दर नाना फलाउँछ जस्तो लागेको रुख
यो फल्छ र ऊ फल्छ जस्तो लागेको रुख
ऐनाभित्रको त्यो निकै ठुलो देखिएको रुख !
हेर्दाहेर्दै ऐनाभित्र
म भावुक हुन्छु
कति कल्कलाउँदो लाग्थ्यो
कति सल्सलाउँदो लाग्थ्यो
कुनै छक्का पन्जा नभएको
अन्जान बालक जस्तो लाग्थ्यो ।
फेरि ठम्याएर हेर्छु
त्यतिबेलादेखि यतिबेलासम्म थुप्रै सपनाहरूको मूर्त आकृति
कति त्याग ! कति शहादत !
कति वैंश ! कति मातृत्व ! कति अभिभावकत्व !
ऐनाभित्रको त्यो रुख !
घरि, म च्याप्प समाउन खोज्छु
घरि, अँगालो हाल्न खोज्छु
घरि, म तानेर काखमा बसाउन खोज्छु
मेरो भौतिक पहुँचभन्दा परको त्यो रुख
हेर्दाहेर्दै मेरा आँखा
त्यस रुखका माथि टुप्पाटुप्पामा पुग्छन्
झसङ्ग हुन्छु म
त्यहाँ पनि अनेक मानिसकै आकृति छन्
मुनिका मानिसका काँधकाँधमा .
अहा मानिस–मानिसका काँधकाँधैका चाङ
काँधकाँधै टेकेर टुप्पाटुप्पामा बसेकाहरू
माथि नै हेरिरहेका छन्
उँभै आँखा लाएका छन्
हेर्दाहेर्दै म त्यो रुख
ओइलाएको जस्तो देख्छु
खुइलिएको जस्तो देख्छु
झन् टुप्पो झन् खुइलिएको
झन् टुप्पो झन् ओइलाएको
सबैभन्दा टुप्पो सबैभन्दा खुइलिएको
के टुप्पैबाट खुइलिन शुरु भएको त होइन यो रुख
म बिरक्त हुन्छु ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x