साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानिस

Nepal Telecom ad

आदर्शको आकाशमुनि
आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा
बिभिन्न स्वार्थका छाताहरू ओढेर
मानिस अथाह मानिसको भेलमा बगिरहेको छ
मानिस अथाह मानिसको मेलामा हराइरहेको छ
रेशमको किराझैं
मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ ।

आदर्श र यथार्थको दुई समानान्तर रेखाहरू बीच
घडीको पेन्डुलमझैं मानिस
कहिले आदर्शको रेखामा उभिएर सम्भाषण गरिरहेको हुन्छ
कहिले यथार्थको धरातलमा उभिएर
स्वार्थको बिगुल बजाई रहेको हुन्छ
मानिस कति आदर्श र कति यथार्थको समिश्रण हो
मानिस कति प्रकाश र छायाको रङ्गिन चित्र हो
मानिस कति फूल हो
मानिस कति पात हो
मानिस कति काँडा हो, अनि
आदर्शको पारषले छुँदा मानिस कति सुन हुन्छ
स्वार्थ–सिद्धिको अग्नि–कुण्डमा पोल्दा
मानिस कति डरलाग्दो फलामे हतियार हुन सक्छ
प्रेमको मायालु रापमा पग्लिएर
हिउँझैं कति शितल हुन सक्छ मानिस ।

मानिस अनन्त रहस्य
जीवन असीम कौतुक भइदिनाले
भोग्न रहर लाग्दो हुन्छ
जति भोगे पनि जीवनमा
नौलो आस्वादन प्राप्त भइरहेको हुन्छ
जीवन रुचिकर प्रिय हुन्छ
जीवनको पूर्ण स्वाद थाहा पाउन
हजार ययातिको जीवन पनि अपर्याप्त हुन्छ ।

सिद्धि, मोक्ष, मुक्ति
मानव मनको दिव्य आकाङ्क्षा
पन्छीझैं उन्मुक्त आदर्शको आकाशमा
उड्न चाहन्छ मानिस
शान्तिमय शीतल अनन्तमा
विचरण गर्न चाहन्छ मानिस ।

प्राप्ति, उपलब्धि
सफलताको साङ्लोले बाँधिएको मानिस
प्रकृतिसँग सिँगौरी खेल्दै
प्रकृतिलाई परास्त गर्ने विजेताको सपना देख्छ
जति अघि बढ्न चाहन्छ
भौतिक प्रगतिको प्रत्येक लहरसित
उपलब्धीको डुङ्गा चढेको मानिस
आफ्नै अन्तर्मनको किनारादेखि टाढाा गइरहेको हुन्छ ।

प्रेम, माया, मोह
जीवनको सर्वोच्च स्थिति
मानिस प्रेम सागरमा पौडी खेल्न चाहन्छ
स्वच्छन्द अतुलनीय गहिराइमा डुबेर
जीवन अनुभव गर्न चाहन्छ
बिलाउँदै पानीको थोपाझैं
उत्कर्ष, समर्पण, विलयमा जिउन चाहन्छ
त्यागमा सन्तुष्टी छ
प्राप्तिमा सन्तुष्टी छ
कति त्याग र कति प्राप्तिको जोड हो मानिस
कति सुख र कति दुःखको मेल हो मानिस
मानिस कति प्रेम हो
मानिस कति घृणा हो
मानिस कति सङ्घर्ष हो, अनि…

मायाले थपथपाउँदा मानिस कति मानिस हुन्छ
मोहको जालमा फस्दा
मानिस कति जनावर हुन सक्छ
पेटको रापिलो भट्टीमा परेर
माकुराझैं कति स्वार्थी हुन सक्छ मानिस ।

भोक शाश्वत यथार्थ
तृप्ति मनोहर आवश्यकता भइदिनाले
मानिस कर्मवीर भइरहेको हुन्छ
अतृप्त जिब्रो झैं पूर्ण तृप्तिको खोजीमा
दिन रात, रात दिन भौतारिरहेको हुन्छ
पूर्ण तृप्तिको बिन्दुमा पुग्न
हजार संसारको सम्पति पनि अपर्याप्त हुन्छ ।

सत्य, न्याय, शान्ति
उच्च आराध्य सौन्दर्य
ब्रह्माण्ड विजेता बन्न चाहने मानिस
आफ्नै मूलथलो पृथ्वीलाई क्षेप्यास्त्रहरूले भरेर
अन्तरिक्षमा शासन गर्न चाहन्छ
विनाश महाविनाशको सृष्टि गरेर
अमर बन्न चाहन्छ मानिस
बारुदमाथि बसेर आगो खेलाइरहेछ मानिस
मृत्यु थुपारेर जीवनको गीत गाइरहेछ मानिस ।

अनि
शस्त्र, शक्ति, सन्तुलन
मानिसको प्रत्येक ‘अहम्’सित
सृष्टिभन्दा धेरै टाढा
लयहीन प्रलयको निमन्त्रण गरिरहेछ मानिस
प्रलयको प्रतीक्षा गर्नु
बारुदमाथि बसेर आगो खेलाउनु
मतिभ्रम भएको मानिस
आफ्नै भविष्यको सुन्दरताबाट टाढाा भइरहेको छ ।

आदर्शको झरीमा नरुझ्न
स्वार्थका रङ्गिन छाताहरू ओढेर मानिस
कति समयसम्म स्वार्थको कोकिनमा कैदी भएर बस्न सक्छ ?

‘मधुपर्क’ २०४७, असोज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दाेधार

दाेधार

सरण राई
पाल्तु

पाल्तु

सरण राई
औसत मान्छे

औसत मान्छे

सरण राई
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x