साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानुन : जान्नु पर्ने १० कुरा

Nepal Telecom ad

१. कानुन शब्दमा नून छ, त्यसैले यसलाई नून लाग्छ । कानूनको बन्देज नूनले फुस्काउँछ ।

२. कानुन भनेको “कहाँ छ नून” को छोटकरी “काँ नून ?” र त्यसको पनि अपभ्रंस “कानुन“ हो । जहाँ नून छ त्यही कान जाने भएकाले कानुन भएको हो ।

३. कानुन अन्धो हुन्छ भन्ने कुरा न्यायमूर्तिको आँखाँमा पट्टि बाँधेको लोगोबाट प्रष्ट हुन्छ ।

४. कानुन किनबेच हुन्छ भन्ने कुरा न्यायमुर्तिले हातमा लिएको तराजुले जनाउँछ ।

५. आँखा छोपेको र हातमा तराजु लिएको न्यायमूर्ति मध्य बैंसमै सेतो पहिरन धारण गरेकी एकल महिला भएको हुँदा उसले बलिया पुरुषको सामीप्य खोज्नु प्राकृतिक स्वभाब हो भन्ने बुझ्नु पर्छ ।

६. कानुन एउटा आँखाले मात्र देख्छ भन्ने कुरा यो शब्दको पहिला दुइ अक्षरले जनाउँछ ।

७. कान र उन शब्दको सन्धिबाट बनेको कानुन शब्दले कानुनको कानमा उन पसेकाले कानुनले कान कम सुन्छ, उनबाट फिल्टर भएको आवाजमात्र सुन्छ भन्ने बुझिन्छ ।

८. कानुन शब्दमा ‘क’ बर्गको एक अक्षर र ‘न’ वर्गका दुई अक्षर हुने हुँदा कानुनका नकारात्मक पक्ष बढी हुनु स्वाभाविक मान्नु पर्छ ।

९. कानमा उन पसेर कान प्रष्ट नसुन्ने, एउटा मात्रै आँखा भएको तर दुइटै आँखामा पट्टी बाँधेकाले केही नदेख्ने, मध्य बैंसमा सेतो वस्त्र धारण गरेकी एकल महिलाले व्यापार गर्न एक हातले खालि तराजु उठाएर उभिएपछि “न्याय नपाए गोर्खा जानू” भन्ने उखान चलेको देशमा गोर्खाका नन्दप्रसाद अधिकारी गोर्खाबाट भागेर काठमान्डू आउला कि न आउला ?

१०. केही गरी आयो भने त्यसले न्याय पाउला कि नपाउला ?

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x