साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खोक्तक

Nepal Telecom ad

१. लोकतन्त्र

सक्छौ डकैती गर
सक्दैनौ चुपचाप मर
न्याय–कानुन धर्म–कर्मको कुरै नगर
लोकतन्त्र यसैलाई भन्छन् मित्र हो
जजस्ले जे जे सक्छ त्यही त्यही गर
नसक्ने खुरूखुरू मर ।

२. हाहाकार

इथिओपियामा पानी नपर्दा
त्यही सुखाले मान्छेलाइ दुःख दियो
बङ्गलादेशमा हेर्नुस् बाढी आउँदा
त्यही पानीले मान्छेलाई दुःख दियो
नेपालमा हेर्नुस्
न पानीले नै दुःख दियो
न त सुखाले नै दुःख दियो
के कुरा नपुगेर हो नेपाली जनता
हाहाकारमा मर्नु प¥यो ।

३. त्रास

तीन करोड जनता नपुग्या देशमा
तेत्तिस करोड देउताको वास छ
न त रुन सक्यो न त हाँस्ननै
सँधै सँधै किन हो, किन हो
कता कताबाट त्रासै त्रास छ ।

४. प्रश्न

आँखाले भ्याए जति तिम्रो
तिमीले नै बोकेको
आफ्नो शरीर भने कसको ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x