साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली :: पहिलो श्रेणीको मगन्ते

Nepal Telecom ad

एकजना जापानी राजनीतिक नेतृत्वलाई एउटा जिज्ञासु पत्रकारले मौका पाउनासाथ सोध्यो– महोदय, जापानीहरू राष्ट्रियता र संस्कृति संरक्षणमा अति नै चनाखो मानिन्छन् तर संस्कृतिको एउटा अङ्ग पहिरनको क्षेत्रमा तपार्इं पुरुषहरू किन पश्चिमेली ‘सुट’ नै लगाउन ज्यान फाल्नुहुन्छ ?”

नेतृत्वले उत्तर दिँदै भन्यो– “जापानी उत्पादनप्रति विश्व नै हुरुक्क हुन्छ । विश्वका हरेक उत्कृष्ट उत्पादन अँगाल्नु जानकारीको औद्योगिक अधिकार हो ।”

“तर ‘सुट’ मात्र किन ?” पत्रकारले दनक दिँदै भन्यो– “पश्चिमेली पहिरन ‘सुट’ बाहेक अरु सबै जापानी जस्तै जापानी भान्छा, जापानी शिष्टाचार र जापानी संस्कृति नै उत्कृष्ट भएकोले हाम्ले ‘सुट’ मात्र अँगालेका हौँ ।”

यही प्रश्न एउटा अर्को अवसरमा त्यही पत्रकारले एकजना चिनियाँ राजनीतिक नेतृत्वलाई सोध्ने अवसर छोपिहाल्यो ।
चिनियाँले भन्यो– “हामी विश्वमा आर्थिक डमरुबाट बाघको जुनीमा प्रवेश गरिसकेका छौँ । हरेक सर्वश्रेष्ठ सामान विश्वभरिबाट हाम्रै बजारमा बेच्न ल्याइन्छ । विश्वको सर्वश्रेष्ठ वस्तु किन्नु हामी उपभोक्ताको अधिकार हो । पश्चिमेली ‘सुट’ मात्र चिनियाँ पुरुषले अँगालेका छन् । चिनियाँ भान्छा, चिनियाँ शिष्टाचार र चिनियाँ संस्कृति सर्वश्रेष्ठ हुनुका साथै जापानी, कोरियाली र सिङ्गापुरेका माऊ पनि हुन् । अरु कुरा हाम्ले अँगाल्नुपर्ने आवश्यकता नै छैन ।”

संयोग भनौँ, यही प्रश्न त्यही पत्रकारले अन्तर्राष्ट्रिय मगन्ते मुलुकहरूको महासम्मेलनमा एकजना नेपाली राजनीतिक नेतृत्वलाई सोध्यो ।
नेतृत्वले भन्यो– “विश्वकोशमा हाम्रो मुलुकको नाम पहिलो श्रेणीको मगन्तेमा सूचीकृत भएको जानकारी तपाईंलाई गौरबसाथ दिँदैछु । पश्चिमेली मुलुकहरूबाट सबभन्दा बढी सुट परिधान हाम्ले जडौरीमा प्राप्त गर्छौं र यही परिधानलाई हाम्ले राजनीतिक पहिरन पनि घोषणा गरेका छौँ, छिमेकी मुलुक भारतबाट सबभन्दा बढी सलबार कुर्था नै जडौरीमा प्राप्त हुन्छ । हाम्रा शील र गुणवती महिलाहरू बढीजसो यही पहिरनप्रति हुरुक्क हुन्छन् ।”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x