साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमेरा हनुमान् संवाद

Nepal Telecom ad

ए ढेडू भन को तिमी किन यता आयौ र के खोज्दछौ
ज्यादै चिन्तित झैं म देख्छु मनमा के के कुरा सोच्तछौ
रातो देख्छु मुहार कारण छ के कल्ले गर्यो के भन
तिम्रो पुच्छर टाँगमा किन पस्यो हार्यौ कहाँको रण ।

मेरो नाम अजेय वीर हनुमान् श्री रामको भक्त म
मेरा श्री प्रभुजी कतातिर हिँडे खोजी गरी हिँड्छु म
यै चिन्ता छ मुहार देखुँ कसरी सुर्ता यही गर्दछु
देखेथ्यौ प्रभुजी कतै कि र तिमी को हौ भनी सोध्दछु ।

ख्यातिप्राप्त छु विश्वसामु सबमा संज्ञा चमेरो भनी
उल्टो भैकन झुण्डिएर रहने ज्ञानी तपस्वी मुनि
जस्तै नै तम होस् म देख्तछु सबै कर्तूत संसारको
जेमा लाभ छ झट्ट लाग्छु म उतै छोडेर बेकारको ।

हे ज्ञानी तपसी प्रणाम छ तिमी के जातका हौ पशु
पन्छी हौ कि त देव किन्नर कुनै या नाग हौ वा वसु
तिम्रो दृष्टि निकै रहेछ गहिरो केही कृपा होस् ममा
मेरा राम कता गए भन तिमी आनन्द होस् चित्तमा ।

मेरो जाति बुझी नबुझ्न सकिने जो सामु उस्तै हुने
पन्छीसाथ पखेरु बन्छु म उडी नाता लगाई लिने
सामुन्ने पशु आउँदा स्तन पिई बढ्ने भई मिल्दछु
तिम्रो झैं म कुनै विशेष जनको मात्रै कहाँ बन्दछु ।

यो चाला त निको भएन नि हरे कस्ता कुरा गर्दछौ
निष्ठा राख्नु त एक ठाउँ अनि पो संसार यो तर्दछौ
दोधारे गतिमा यता छ न उता आपत्ति धेरै हुनन्
खुट्टा नै यदि जोर नाउ छ भने ती पार कैले हुनन् ।

त्यो मण्डूक विचारको युग गयो आयो जमाना नयाँ
तिम्रा ती प्रभुले समेत मसितै सिद्धान्त सिक्छन् नयाँ
फर्केला अझ रामराज्य यसको आशै नगर्ने गर
जो जो रूप लिई हिंडे प्रभु उही भै भक्त पूजा गर ।

के भन्छौ यसरी विचार नगरी आक्षेप गर्छौ तिमी
मेरा ती भगवानका पनि भयौ शिक्षा दिने रे तिमी
झट्टै अर्थ बताऊ नत्र अहिल्यै झ्याईंकुटी पार्दछु
तिम्रो गर्दन छिन्छु चट्ट र धुजा पारी यहीं मार्दछु ।

नाना रूप धरेर मत्स्य कछुवा वाराह नर्सिंहको
किं वा वामन जामदग्न्य अथवा श्री राम वा कृष्णको
कैले बुद्ध बनेर रूप बदली कल्की हुँदैछन् हरि
सीताको सतमा थिए जुन उही छैनन् उनी यस्घरी ।

हो हो चित्त बुझ्यो म मूढमतिको अज्ञान कस्तो थियो
तिम्रो ज्ञान सुनेर आज मनको कालो पखाली दियो
छोडी वानर रूप मानिस बनी नेपालमै बस्तछु
तिम्रो यो उपदेश चिन्तन गरी नेतृत्वमा पस्तछु ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x