साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाललाई नयाँ बनाइदिऊँ

Nepal Telecom ad

नयाँ नेपालको नयाँ खाका
नयाँ तिथि नयाँ भाका
तिमीले भनेकी थियौ
हामी देशको मालिक
बन्न पाउनुपर्छ
के छ माल्दाइ !
हुम्म पर्दै कता ?
भन्न पाउनुपर्छ
तिमीले भनेकी थियौ
स्वतन्त्र दुईछाक माम
कमाउन पाउनुपर्छ
अनि नयाँ नेपालमा
रमाउन पाउनुपर्छ ।

तर देख्यौ त !
कसरी तिमीलाई
लोप्पा ख्वाइदिए
काइते बुद्धि हुनेहरूले !
कसरी तिमीलाई
काखी बजाइदिए
चरित्र शुद्धि गर्नुपर्नेहरूले !
आऊ अब
हामी पनि जागौँ
र यही अभियानमा लागौँ
सहयोग गरौँ भुँडेहरूलाई
नयाँ नेपाल बनाउन ।

तिमीले मसँग
बिहेको माग राख
म असम्भवको
अडान राख्छु
कसैगरी सहमतिमा पुग्ने
प्रयास गरौँ
बरमालाको मिति तोकौँ
र हामीले पनि एकपटक
नयाँ नेपाल बनाइदिऊँ ।
को लम्फूले भनेको छ र
रुपसी बनाउनुपर्छ
त्यसैले आऊ
तिमी र म मिलौँ
र नयाँ नेपालको
अभियानमा लागौँ
झगडा गरौँ
तानातान गरौँ
दोषारोपण गरौँ
हानाहान गरौँ
र पुनः
आ–आफ्नै अडानमा
अडिग रहौँ
र फेरि कुरो मिलाएर
पुरानो मितिलाई
नयाँसँग साटिदिऊँ
र नेपाललाई
पुनः एकपटक
अझै नयाँ बनाइदिऊँ ।

झगडा गरेको ग¥यै गरौँ
नयाँ मिति तोकेको तोक्यै गरौँ
नेपाललाई झन् झन्
नयाँ बनाउँदै लैजाऊँ
र नेपाललाई नयाँ
बनाएको बनायै गरौँ ।

पोखराथोक १, पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x