साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योगमायाको काँचो वायु

Nepal Telecom ad

शताब्दीयौँपछि मेरा भक्तहरूसहित आउँदैछु
त्रिपुण्डक धारिणी साध्वी
म योगिनीको काँचो वायु
झाँक्रोको चम्मर हल्लाउँदै
बल्ल उत्रिएको छ आङमा
१९९८ असार २२ गतेदेखि भड्किएको आत्मा ।
खबरदार !
अग्निको लप्का भएर मेरो कपाल सिरु उम्रिएको छ ।
जलसमाधिमा अरुण भएका पुण्यात्माहरू साक्षी राखेर
धामीले ढ्याङ्ग्रो ठटाए झैं ढ्याङ्–ढ्याङ्–ढ्याङ्–ढ्याङ्
मेरो नलीहाडको गजोले इतिहासको पिठ्यूँ पिट्दै
दूधको दूध पानीको पानी कैरन बक्छु अब ।
मेरा औँठाबाट जन्मिएका कविता गुन्गुनाउँदै
मेरा रक्तनलीलाई मुहान बनाएर बग्ने यो अरुण
साक्षी छ आज पनि
श्री ३ ले गायब बनाएको हाम्रो हृदय–झङ्कारको
श्री ५ ले उठाउन नसकेको हाम्रो आवाजको ।
अब को छ ?
अरुणमा जलसमाधिलीन साधकको मुचुल्का उठाउने ।
ख्याल गर्नू, ती हिजो र आजका
श्री ३ र श्री ५ हरूसँग थाप्ने छैन हत्केला
बरु च्यातिदिन्छु मलाई थिच्ने यो आकाशको टाङ
मेरो मस्तिष्क गिजोल्नेको भाँचिदिन्छु औँला
बन्द गरिदिन्छु होहल्ला र कोलाहल बोक्ने
यो उच्छृङ्खल बतासको बाटो
अरुण थुनेर फर्काइदिन्छु उभैंतिर
र, डुबाइदिन्छु यो सभ्यता ।
यतिका वर्षपछि छटपटाउँदैछ, मेरो रज गाडिएको चिहान
पट्पट् पड्किन थालेका छन्, पुराणले भुटेका हाम्रा गिदी ।
मेरो अस्तु घोटेर दहीसँग पिउने
यो लाज पचेको इतिहासको गरिदिन्छु हत्या
मेरो नाकले सास फेरेर बाँचेको यो युगको, थुनिदिन्छु सास
मेरो शरीर चोरेर बेसरम उभिने
मेरो केशको धारले छिनाइदिन्छु, यो कुसमयलाई ।
हेक्का होस् महाराजहरूलाई !
जलसमाधिबाटै ढल्न सक्छ समयको हुङ्कार
अग्निसमाधिले नै डढ्न सक्छ बेइमान इतिहासको प्वाँख ।
पूरै बाँकी छ
मसँगै जलसमाधिलीन ६८ नर–नारीको हंसले
मेरो अस्तुसँग मागेको हिसाब–किताब लिन ।
हामीले अग्निसमाधिलाई ठीक पारेको कुण्डको आगो कहाँ छ ?
हामीले जलसमाधि लिएको पानी कसले लगेको छ ?
खै कहाँ छन् मेरा हात–खुट्टामा ठोकिएका नेल ?
म र मेरा अनुयायीलाई छेक्ने यी जेलका भित्ता के गर्छन् अचेल ?
हाम्रा अस्तुमाथि पलेँटी कसेर
डमरु बजाउँदै ताण्डवरत प्रेतात्माहरू सावधान !
अरुण किनारमा सत्याग्नि झोसेर ब्यूँझिएका छन् योजनहरू ।
मेरै अस्तुमा लेखिएको यो प्रेतसमयको मोचन गर्न
जलसमाधिलीन यो अरुणको यज्ञकुण्डबाट
ठाउँठाउँमा धुनी जगाउँदै
आफ्नै अस्तुको न्यायिक हिसाब माग्न
जलाभिषेक गरी, मेरै करङको डुङ्गामा चढेर
शताब्दीयौंपछि
भक्तहरूसहित आउँदैछु
म, योगमाया ।

हिमालखबर
२१ असोज, २०७१

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्त्रीप्रश्न

स्त्रीप्रश्न

सीमा आभास
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x