साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पट्टु सुगा गाउँदै छन्

Nepal Telecom ad

जुन सुकै नेता भनाउँदाले जे रटायो त्यही रटिबस्ने
नेपाली जनता के सुगा हो र ?
जुनसुकै नेता भनाउँदाले पनि आफ्नो नाङ्गोपन छोप्न प्रयोग गर्ने
नेपाली जनता के लुगा हो र ?

एकथरी आए, राणा शासकलाई सराप्न लगाए
राणाहरू बिरुद्ध चाहिँदो नचाहिँदो गीत सुनाए
दरबार हाईस्कुल, पदम हाईस्कुल, संस्कृत पाठशाला
त्रिचन्द्र कलेजमा पढ्ने पढाउने ले नै
राणाहरू शिक्षा विरोधी भएको गीत गाए
नाङ्गाहरूले आफ्नो लाज छोप्न जनताको लुगा लगाए
जनतालाई सुगा बनाए ।

विश्वका कैयौँ मुलुकले बिजुली नदेखेको बेला
फर्पिङको बिजुली बत्तीमुनि मादल ठटाए
चन्द्रनहरले सिँचेको खेतको भात खाँदै
चन्द्र धाराको पानी पिउँदै
राणाहरू विकास विरोधी भएको गीत गाए
नाङ्गाहरूले आफ्नो लाज छोप्न जनताको लुगा लगाए
जनतालाई सुगा बनाए ।

अग्रेजलाई सहयोगमा सेना पठाए, लखनौलुट मच्चाए
देशको भूभाग बढाई सीमास्तम्भ लगाए
देशको स्वतन्त्रताको कहिल्यै प्रश्नै उठेन
स्वाभिमान स्वतन्त्र राष्ट्र बचाए
तर पछि राणाहरू देशमारा भएको गीत गाउन लगाए
नाङ्गाहरूले आफ्नो लाज छोप्न जनताको लुगा लगाए
जनतालाई सुगा बनाए ।

अझै त्यही क्रम जारी छ, नेता अझै नाङ्गै छन्
नेताहरूले आफ्नु लाज छोप्न जनतालाई लुगा मान्दैछन्
बोल पट्टु बोल जनतालाई सुगा रटाई रटाउँदै छन्
आयो आयो नयाँ नेपालमा नया गणतन्त्र आयो
पट्टु सुगा गाउँदै छन्
पट्टु सुगा गाउँदै छन् ।

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x