साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम राम राम… !

Nepal Telecom ad

“अलि सोझो भएर बस्नोस् न दाइ ! कस्तो खपी नसक्नु ठेलमठेल छि !” उकुसमुकुस यात्री खाँदिएको बसमा एक युवती यात्रीले गुनासो गरिन् । प्राय: अफिसबाट फर्कंदा भिडभाड नै हुने गर्दथ्यो तर आज अलि बढी ठेलिएको महसुस गरिन् उनले ।

“खै कता जाउँ ? हुनु पनि त पर्यो नि ठाउँ ! … यस्तो गाह्रो हुनेले त आफ्नै गाडीमा पो हिँड्नु पर्छ त !” पछाडिबाट एक सुटेड बुटेड अधबैँसेले पाँडे–जवाफ फर्काए ।

यस्तै प्रकारका गुनासा र खैलाबैला बसका अन्य भागमा पनि सुनिँदै थियो ।
पटक पटक जिउ सार्दा पनि फेरि उस्तै ढेस्सिने र असहज अनुभूति भएकाले युवतीले साहस बटुलेरै प्रतिवाद गर्ने बिचार गरिन् ।

“लाज पचेका छाडाहरू ! भिड भएको त खप्न सकिन्छ नि, तर जबर्जस्ती भिड गराउँछन् मोराहरू, कसरी खप्ने !’
बर्बराउँदै यस्सो पछाडि पट्टि आँखा पुगे युवतीका । अनायासै दुबै हात जोडिन खोजे जुन सम्भव थिएन डण्डी समाएर झुण्डिएकाले । “नम……!” नमस्कार सर भन्न चाहन्थिन् तर पुरै शब्द निस्कन पाएन उनको मुखबाट ।

पन्ध्र बिस मिनेट लामो यात्रामा बल्ल ती पुरुष यात्रीले युवतीको अनुहार देखे । लज्जाबोधले पूर्ण ग्रसित उनको गालाबाट रगत चुहिएला जस्तो भएको थियो । तुरुन्त झोला तान्दै अर्को बिसौनीमा ओर्ले ती । उनको गन्तव्य त्यही थियो वा थिएन थाहा भएन ।

“छद्मभेषी नकच्चराहरू !” युवती एक्लै फत्फताइन् । नजिकैका यात्रीहरूलाई टीठ पनि लाग्यो र जिज्ञासा पनि । एकछिन महिलाहरूको वार्तालापपछि थाहा भयो कि ती पुरुष एक योग प्रशिक्षक हुन् जसको नेतृत्वमा ती युवति पनि दुई महिनाअघि हरिद्वारमा तालीम प्राप्त गरी फर्केकी थिइन् ।
“राम राम राम…!” एकजना सिटमा बसेकी बयोबृद्ध महिला जिभ्रो टोक्दै थिइन् ।

हाल : काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x