साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोडाको रडाको !

Nepal Telecom ad

सरकार र क्रसर व्यापारीका रोडा रडाकोमा राँको चल्यो । साँढेको जुधाइ बाच्छाको मिचाइको महँगीमा परेका जनताको रुन्चे डाँको चल्यो ! पहिले जनता रुनु न हाँस्नुमा थे भने झन् लोकतन्त्रमा त रुनु तर नहाँस्नु भन्ने अवस्थामा पुगे ! यसरी जनतालाई सबैप्रकारको मारमा पार्ने सरकारलाई धन्यवाद !

सरकारसितको भित्री साँठगाँठमा हो कि बाहिरी छाँटकाटमा हो लुतुलुतु पाँच छ सय क्रसर उद्योग वैधअवैध रूपले चलाउन दिएर कसैले राजमार्गको सडक छेउमा, कसैले वनजङ्गलको माझमा, कसैले चुरेपहाडै बोकेर भारततिर पुर्याउने हेतुले चुरेका टाउकामा क्रसर उद्योग खोल्न खोलाउन सफल हुने उद्योगीलाई पनि धन्यवाद ! नेताले नीतिनियम पालना नगर्दा नेताकै छत्रछायामा हुने उद्योगीहरूले सिको टिपेर गरेको मनोपोलीलाई बोलीमा बिलाइदिने बहादुरलाई धन्यवाद ! नयाँ नेपाल बनाउन चुरेपहाड जस्ता प्राकृतिक डाँडाकाँडा सम्याएर सिङ्गो नेपाल मैदान पार्न ऐतिहासिक र वातावरणीय महत्वको ठाउँमा क्रसर उद्योग खोल्न कसको पालाको सरकारले आँट्यो त्योबेलाको सरकारलाई अझ धेरै धन्यवाद ! हड्डी खान लागेका कुकुरलाई हटाएझैँ प्रकृति बिनास गर्ने ठाउँका क्रसर उद्योगीलाई कहिले हट कहिले बस भन्ने सरकार र नियम पालना गर्न अटेरी गरी खुलेआम रोडा बालुवाका भाउ दोब्बर पार्न सफल हुने ब्यापारीलाई उभयपक्षीय बहादुरीको धन्यवाद ! साँढेको जुधाइ बाच्छाको मिचाइमा जनतालाई सताएर सत्ता चलाउनेलाई त सदाबहार धन्यवाद ! आमाको छाती चिरेसरह चुरेको पहाडै बोकेर रोडाढुङ्गा मुलुकबाहिर पुर्याई आइसीमा बेचेर एनसीमा रोडाढुङ्गाको भाउ बढाउन सक्ने स्वतन्त्र व्यापारीलाई नदिई हुँदैन धन्यवाद !

नुन चिनी तेल पेट्रोलमा झैं दस बीसमात्र नभई जनताका ढाडै भाँच्नेगरी चौध पन्द्र हजार परेको एकट्रीप रोडा बालुवालाई अठ्ठाइस तीस हजारमा बजार ल्याइपुर्याउँदा सरकार टुलुटुलु हेरेर बस्दा कसले लगाउने धारेहात ? केको डर केको सरम कता न्याय कता नैतिकता ? बन्ने संविधान गर्भमा हो कि स्वर्गमा हुँदा र बूढो संविधान हातमा लिन पाउँदा उद्योगपति व्यापारी मात्र होइन आजकाल त कर्मचारी पनि पापाचारी भ्रष्टाधिकारी बन्न सकेकोमा सरकार समेतलाई धन्यवाद !

‘सरकारले उद्योगीका समस्या बुझेर लगानीमैत्री वातावरण बनाइदिने हो भने धादिङले धानेको राजधानीलाई हामी उचित मूल्यमा सेवा गर्न तयार छौँ । हामी वातावरणमैत्री उद्यमीलाई पनि चुरे दोहन गर्ने अवैध उद्योगी सरहको व्यवहार नगरियोस्’ भनेर सार्वजनिक घोषणा गर्ने धादिङका रोडा उद्योगी राजु रेग्मीको आवाज र अर्का उद्योगी सुमनको समर्थनलाई सरकारले नसुनेर रोडामा झनै रडाको मच्चाउन सफल भयो । यस्तो समय समयमा जिब्रो बटार्ने र टार्ने लोकतो सरकारलाई महँगीको मारमा परेका जनताको तर्फबाट लोकतान्त्रिक धन्यवाद !

उद्योग व्यवसायलाई प्रोत्साहन दिई नियमको दायरामा राखेर शासन चलाउन नसकेर कागजी निर्णय गर्दै कागज च्यात्दै गरेर रोडा, ढुङ्गा, बालुवाका वैधअवैध व्यापारीलाई एउटै टोकरीमा राखेर अझै पुससम्म भाउ र दाउ पारेर खाऊ भन्ने सरकारलाई घर बनाउँदा बनाउँदै डबल महँगीको मारमा परेका जनताको तर्फबाट कसरी नदिने धन्यवाद ?

बहादुरले बढाएका महँगीमा मरिहत्ते किन हाल्नु ? मासु महँगिए मासु नखानु, दालचामल महँगिए सागपात मात्र खानु । कपडा महँगिए आधुनिक केटीहरूले झैँ नाङ्गै हिँडिदिनु, रोडा बालुवा महगिँदा पराले छाप्रा बनाइदिनु । अनि पो बैँकबाट लोन लिएर रोडामा रडाको गर्ने यी उद्योगी भोगी नभएर भोलिको जोगी बन्ने अवसर पाउँदा उनैले दिने थिए धन्यवाद !

रोडामा रडाको मच्चाइदिएर महँगीको सुशासन चलाउने सरकार फलबिनाको सफल भएको मान्नै पर्दछ । यसरी सबै प्रकारको सफलता हासिल गरी लोकतान्त्रिक सरकार हुन सफल भएकोमा जनताको तर्फबाट सरकारलाई अन्तिम धन्यवाद दिनुनै उचित होला । सबैलाई चेतना भया ।

ट्याङला, कीर्तिपुर

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x