साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो देशको न्याय उहिल्यै मर्यो

Nepal Telecom ad

के तिमीले देख्यौ ?
फेरी न्याय मरेको
लमतन्न
आङ पसारेर
खुट्टा तन्काएर
बुद्धको दुई आँखा मुन्तिर
स्वयम्भुको फेदीमा ।

निश्चय पनि
तिम्रा आँखा पुगे होलान्
र पनि देखेनौ तिमीले
कारण
न्याय अन्याय छुट्याउने
तिम्रा तराजु
आँखा छोपिएको
मूर्तिवत् मान्छेले झुण्ड्याएको
वर्र्षौं भइसक्यो ।

अदालतको कठबारमा खडा गरेर
कानुनका ठेली पल्टाएर
बहस पैरवी गर्ने
यहाँका मान्छेहरू
कालो बर्दीमा मात्र छैनन्
उनीहरूको मन पनि
उत्तिकै कालो पोतिएको छ ।

त्यसकारण
यो देशमा यसैगरी
न्याय मरिरहने छ
हरिया नोट भरिएका मगजले
वकालत गर्दैमा
कहाँ रोकिन्छ र ?

जबसम्म
डलरको आडमा
आडम्वरी भजन गाउन
र न्यायको खेती गर्नेहरूले
न्यायको सुकिलो
झण्डा फहराउन छोड्दैनन्
तबसम्म न्यायको आशमा
अनेकौँ नन्दप्रसादहरू
यसैगरी लम्पसार परिहनु पर्नेछ ।

जोरपाटी– ४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x