साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी र म

Nepal Telecom ad

तिमी जुन जुलुसमा हुन्थ्यौ
म पनि त्यही जुलुसमा हुन्थें
तिमी जुन झण्डा बोक्थ्यौ
म पनि त्यही झण्डा बोक्थेँ
तिमी जुन नारा घन्काउँथ्यौ
म पनि त्यही नारा घन्काउँथे
तिम्रो सपना पनि उही थियो
मेरो जपना पनि त्यही थियो
तिमी सगरमाथा छुन्छु भन्थ्यौ
म पनि सगरमाथा छुनुपर्छ भन्थें
तिमी रुँदा रुन्थें
तिमी हाँस्दा हाँस्थे
गणतन्त्र आउँदा
तिमीले ‘मासुभात’ खायौ होला
मैले त ‘आँसुभात’ खाएँ
तर पनि कमरेड !
हेर्छु आजभोलि तिमीलाई र मलाई
तिमी शहरतिरै छौ
म गाउँघरतिरै छु
तिमी महलमा बस्छौ
म झुप्रोमा बस्छु
तिम्रा छोराछोरी स्कूल–क्याम्पस पढ्छन्
मेरा छोराछोरी मेलापात गर्छन्
र पनि तिमी सुकुम्बासी !?
म हुकुमबासी !?
हिजोआज त कमरेड
म रुँदा तिमी हास्छौ रे
म हाँस्दा तिमी रुन्छौ रे
अनुत्तरित छु म आफैँ ?
परिआउँदा फेरि
तिमी र म एउटै जुलुसमा हुन्छौँ
उही झण्डा बोक्छौँ
त्यही नारा लगाउँछौँ
फरक यति छ, कमरेड
तिमी नेताको माझमा छौ
म नीतिको साथमा छु
तिमी पहिलो दर्जाको,
म दोस्रो दर्जाको,
कसलाई भनौँ कसलाई सुनाऔँ यो देशको व्यथा
लेखूँ भने बन्छ होला धेरै लामो कथा
उनीलाई सुनाऔँ भने झनै दुख्लिन् उनी
यसरी नै बित्छ क्यारे नेपालीको जुनी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तोरीलाहुरे

तोरीलाहुरे

दीपक खनाल
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x