चट्याङ मास्टरतिन चटयाङ
१. प्रेम जाम र ट्राफिक जाम
प्रेम जाम र ट्राफिक जाम फस्नु उस्तै उस्तै
फसेपछि जसको पनि हालत् उस्तै उस्तै
न अगाडि बड्ने ठाउँ छ न पछाडि सर्न
वरिपरि जसलाई हेर उदास उस्तै उस्तै ।
आफ्नै बाहन घाँडो हुन्छ न टोक्नु न बोक्नु
भालुको कान समाए झैं समाउनु न छोड्नु
झोंक चल्छ, रिस उठ्छ कोसँग त्यो पोख्नु ?
निरिह सब अनुहार निराश उस्तै उस्तै ।
छोड्छाड गरी हिँडौँ भने खुल्ला भने आस
खुल्दै नखुल्ने पो हो कि, त्यो पनि छ त्रास
समातेर बसौं बेकार बसौँ कति बेर ?
ट्राफिक जाम र प्रेम जाम दुवै उस्तै उस्तै ।
२. मङ्सिरमा ५०% संविधान ग्यारेन्टी !
मङ्सिर भित्रै ५०% संविधान आउने ग्यारेन्टी !
संविधानका चार अक्षरमा पछिल्ला दुइको ग्यारेन्टी !
आफ्नै ठाउँको आफ्नै गाउँको ५०% संविधान ग्यारेन्टी !
सप्पै जात, वर्ग र भाषीलाई स्वीकार्य हुने ग्यारेन्टी !
३. क्रिया र प्रक्रिया
सरकारी अड्डाबाट काम लिन दश कर्म गर्न–गराउनै पर्यो
क्रियाकै किरिया गरेरै भए पनि प्रकिया त पुर्याउनै पर्यो
दरखास्त, दर्ता, चलानी, टिप्पणी, तोक, आदेश
मङ्गल चरणका यी षटक्रिया त गराउनै पर्यो
सेवाग्राहीको खाल्तीमा जे जति छ, त्यो पनि त तुर्याउनै पर्यो
टिकस टाँस्नै पर्छ, छाप, नत्थी हुनै पर्यो
सरकारी अड्डाबाट काम लिन यी दश कर्म त पुर्याउनै पर्यो ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































