साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कलीलाई भगाइ लग्यो

Nepal Telecom ad

सस्तीलाई भगाइ लग्यो महँगीले साहूलाई ताल बस्यो
किनिखाने सोझाको घरघरमा कल पस्यो

चामल मात्रै होइन नि केही पनि छुनै सकिन्न
सस्तोमा पाउँला भन्ने आश नै गर्न भएन
के यस्तो अकाल प¥यो अहिले र कसको पो जाल खस्यो
किनिखाने सोझाको…….

एउटाले जागीर खाएर दशजना पाल्नुपर्ने यो
टिपटाप नगरेदेखि भोकले मर्नुपर्ने भो
के यस्तो भोग्नुप¥यो अनर्थ, पापले पो झन् कस्यो
किनिखाने सोझाको……….

एक पाथी अनाज किन्दामा सात माना मात्रै आउँछ रे
एक माना दूधमा बेच्नेले दुईमाना पानी हाल्छ रे
जे खोज्यो त्यस्तै खोटो पाइने इमान कहाँ खस्यो
किनिखाने सोझाको……

विश्वको महगी देखाइ मन्तरीहरू पड्कन्छन्
तिनका पो घरमा रोजै मासु र पुलाउ छड्कन्छन्
के यस्तो देख्नुप¥यो अन्याय, कुन साँपले पो डस्यो
किनिखाने सोझाको …. ।

‘संरक्षक’ गाईजात्रा अङ्कबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x