जीवन ‘पीडित’ दाहालचपली हाइट
मालपोत कार्यालयको मोठफाँटमा दिउँसोको एकबजेतिर थानका थान राजिनामा लिखतहरूको खात लागेकाले भ्याइ न भ्याई थियो फाँटवाला कर्मचारीलाई । उसैबेला मोठफाँटमा अधबैंसे अर्का कर्मचारी मोठफाँटमा छिरे र कम्प्युटर टाइप गरिएको तथा टाइप गरिएको विषयभन्दा तल करिब १२–१५ जनाले हस्ताक्षर गरिसकेको एउटा कागजको पाना धमाधम मोठ र रोक्का भिडाइ रहेका कर्मचारीका अगाडि बढाउँदै अधबैंसे कर्मचारीले भन्यो– ‘चपली हाइट ।’
व्यस्तताका बाबजुद पनि उमेरले अर्कोसालतिर पेन्सन जानेजस्ता देखिने फाँटवाला कर्मचारीले अधबैंसेका हातमा रहेको कागज सरक्क ताने अनि लिखतको मजुवन नपढी हस्ताक्षर गरिदिए मुसुक्क हाँस्तै ।
सम्भवतः ‘चपली हाइट’ फिल्म सम्झिएर होला ।
जुरोपानी–४, झापा हाल : काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































