साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजभोलि

Nepal Telecom ad

आजभोलि
खै कुन्नी मन केले खाइ’राको छ
संविधान नलेख्ने पाजीहरूलाई
थचक्कै बस्ने गरी
दिउँ जस्तो भइ’राको छ
सहमति तोडने आचीहरूलाई
ढलमै खस्ने गरी
दिउँ जस्तो लाइ’राको छ ।

अरु भन्दा यहाँ
मान्छे सस्तो भइराको छ
छाडा संस्कृति
र साँढे प्रवृतिले
समाज खै कता गैरा’को छ
आजभोलि
खै किन
मनमा यस्तो आइ’राको छ
यी साँढेहरूलाई
दुई चार लात्ती
दिउँ जस्तो लाइरा’को छ
संविधानका भाँडेहरूलाई
दुई चार मुक्का
दिउँ जस्तो भइरा’को छ ।

गणतन्त्रका
नयाँ राजा बनेका काजीहरूलाई
दाम राखी ढोगुँ जस्तो लाइरा’को छ
यी जनता ठग्ने नाजीहरूलाई
गाममा लगी ठोकुँ जस्तो लाइरा’को छ
आजभोलि
खै कुन्नी मन के खाइरा’को छ
संविधान नलेख्ने
यी आलुपाँडेहरूलाई
जनताको रिस पोखूँ जस्तो लाइरा‘को छ ।

यिनकै लागि
जनताले रगतको खोलो बगाए
यिनकै लागि
जनताले भोको पेटमा चुह्लो लगाए
तर आज
जनताले खानु ठक्कर खाइरा’को छ
हिजो जस्तै आज पनि
सानो कामलाई सिंहदरमा
गेल चक्कर लाइरा’को छ
यस्तो देख्ता यो मनमा
यी ढाडेहरूलाई
दुई चार किक दिउँ जस्तो भइरा’को छ ।

सहिदको सपना मिच्दै
जनताको भावना किच्दै
नयाँ नयाँ हिटलर आइरा’को छ
किसानको ढाड टेक्दै
उद्यमीको दोलो सेक्दै
राहतको गीत गाइरा’को छ
आजभोलि
खै कुन्नी मन केले खाइरा’को छ
यी गाँडेहरूलाई
खै किन किन
दुई चार बक्सिड
दिउँ जस्तो भइरा’को छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x