रामशरण न्याैपानेअपराधको फल
मार हान्ने नुवाकोटे तर्ने धादिङका थिए
लडे ती दुइटै शत्रु प्रत्यक्ष आज देखिए
यी भन्दा पनि माथिल्लो सर्वश्रेष्ठ भनाउँदो
त्यसको मिति पुग्दैछ सर्वत्र नै गनाउँदो
निर्देशन थियो त्यस्कै विपरीत हटाउने
कर्तुत त्यस्कै हो त्यो चम्चाहरू जुटाउने
गुरुद्रोह फलेको छ लटरम्म निधारमा
प्रत्यक्ष देखिएकै छ भित्रबाहिर कालिमा
त्यसको हुँदैन कल्याण, दुष्टको जीवनैभर
देशैभरी गनाएको बन्नेछ पापको घर
दण्डनीय हुनै पर्ने ती हुन् समाजका खल
प्रत्यक्ष देखियो आजै त्यो अपराधको फल ।
धादिङबेसी
Subscribe
Login
0 Comments
Oldest





































