साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल बन्द जिन्दावाद !!

Nepal Telecom ad

बन्द भन्नाले चारैतिर थुनिएको, छेकिएको, रोकिएको, डयाम्मै विर्को लगाएर, ढाकिएको, अथवा भनुँभने थुनामा पारेर बन्धनमा बाधिएर रोकावट गराएर छेकथुन गरेर, रोकतोक मनाही गरिएको अवस्था हो भन्दा गाह्रो नपर्ला । छेक्नै परे पछि गाह्रो र तगारो लगाएर पनि छेक्न सकिन्छ । जहाँसम्म मलाई लाग्छ त्यसरी छेक्नु पर्ने, बन्ध गर्नु पर्ने वा बाँध्नु पर्ने त नबुझ्नेलाई हो कि जसले काम विगार्ला, नराम्रो गर्ला, गाल पार्ला, अर्काको नोक्सान गर्ला आफ्नै पनि उस्तै परे ज्यानै गुमाउला अथवा आफ्नै वा अर्काको भए पनि खती गर्ला भनी गरिएको ओखती हो ।

मलाई यो कुरो बुझ्न मन लाग्यो र म एका बिहानै गुरु गुरुप्रसाद गुर्धामीका दैलाँ पुगेँ । गुरुले मलाई उनका घराँ देखी फुर्केर थुरे– ‘ए मुर्खण्डे कताबाट यहाँ आइस् हँ ?’ गुरुले मेरो नामै मुर्खबाट मुर्खाण्डे राखिदिएका छन् । मैले पनि भनेँ– हैन गुरु यो बन्द भन्छन् कस्तो बन्द हो गुरु ? यो बन्द– बन्द बन्द भन्दाभन्दै छन्द न मन्द भैसक्यो तर यहाँ त कुरो अर्को पर्यो ! गुरु जसले यहाँ आफ्नो काम सुरु सुरु गरेको छ, जसले यहाँ आफ्नो इलम छोडेको छैन, जसले यहाँ उधोगधन्दा जोडेको छ– उसैलाई बाँच्न, खान र दुई चार पैसा जोड्जाम गर्ननै गाह्रो, अर्मपर्म गाह्रो, धर्मकर्ममा तगारो कसैलाई भने बन्द गर्दा सन्चसँग त्यसमा पनि काम नगर्ने बसी–बसी खाने, झगडा नै गरेको भराँ देशका सार्वजनिक सम्पत्ति फुटाएको छ कुटाएको छ, वमवारी गरी वारिको धन पारि पुर्याएको छ भन्ने सुनिन्छ नि त गुरु । के यों साँचों हो ?

‘जस्ले गर्छ पाप त्यसैको फलीफाप । अब त यो बन्द हाम्रो मुलुकाँ मात्रै राष्ट्रिय पर्व भयो । यसलाई क्यालेण्डरमा राखेर तिनसय पैसठी दिनाँ यति दिन काम गर्न पाउने बाँकी दिन नपाउने भनेर हाम्रा राजनीतिक पाटीले बाहिर सार्वजनिक गर्दैछन् भन्ने पनि मैले सुनेको थिएँ । यो दैनिकी बन्दको खेल चाहिँ फेल होइन अरे नि हो गुरु ? देश यसरी वन्द गर्दै जाने हो भने आइमाई केटाकेटी, बालबालिका भोक भोकै मर्दैनन् र गुरू रु बन्द पनि कहिले सत्ता पक्षकाले गरेको छ त कहिले प्रतिपक्षकाले, कहिले विध्यार्थीले बन्द गर्ने त कहिले मजदुरले यसरी वन्दले राष्ट्रिय पर्व पाउने अवस्था आएन त गुरु रु गुरु यसरी सधैं वन्द गराएर देशलाई के फाईदा ?’

मेरा कुरा पुरा हुन नपाउँदै गुरु गुर्धामी जङ्गिए– ‘यहाँ देशको फाईदा, जनताका काईदा र भविष्यमा हाम्रो आउने पिंढीको फाईदा कसले हेरेको छ र हँ मुर्खे ? तैँले आँफै कुरा बुझेको छैनस् मुर्खे– महाभारतको युध्दाँ एकपटक दुर्योधनहरूले राताँ आक्रमण गर्ने तयारी गरे त्यो कुरा गुप्तचरवाट श्री कृष्णले बुझे र तुरुन्तै भिमसेनको हिडिम्बापट्टीको छोरा घटोच्चकलाई बोलाउन लगाए । कृष्णले भने– ‘यो रातको समयमा निशाचरहरू बलिया हुन्छन् । किनभने निशाचर भनेकै रात मन पराउने दुईखुट्टे जन्तु हुन् । त्यसैले ती कौरबका सेनालाई फाँडन अब घटोत्कच वाहेक कसैले नसक्ने भयो । यही कारणले हामीले महाभारतको युध्द जित्न सक्छौँ ।’

नभन्दै घमासान युध्द भयो । घटोत्कचले कौरव सेना फाँड्दै रगत खाँदै गर्न थाल्यो । ऊ त जति रात छिप्पिँदै जान्थ्यो त्यति ठुलो हुँदै जान्थ्यो । जति वाणका काँण वर्षा गरे पनि त्यो पहाडलाई कसैले हल्लाउन सकेन र दुर्योधनले आत्तिँदै कर्णलाई भन्यो । हे प्रियसखे कर्ण तिमीले अब ब्रह्मअस्त्र प्रयोग गर । अब तिमीले ब्रह्मसँग वरदान पाएको ब्रम्हाअस्त्र बाहेक कुनै अस्त्रले र कसैले पनि आज घटोत्कचलाई मार्न नसक्ने भयों सखे !’ कर्णले भने ‘हैन प्रिय सखे दुर्योधन यो अस्त्र त मैले अर्जुनलाई मार्न राखेको हो । सखे म यो अस्त्र अर्जुनलाई वाहेक कसैलाई प्रयोग गर्दिन !’ दुर्योधनले भन्यो ‘हे मित्र अब तिमी हामी अहिले बाँचे पो भोलि अर्जुनलाई मारौला । हेर त घटोत्कचले कसरी पहाड जत्रो हुँदै सम्पूर्ण सेना खाँदै छ ? यसले अब केही क्षण बाँचेर यसरी नै लडीरह्यो भने हामी समेत सवैलाई फाँड्ने भयो । हेर ऊ ऊ रुख उचालेर हानेको, हान कर्ण हान ठोक भोलिको कुरा भोलि हेरौँला अहिले बाँच्न पर्यो कर्ण ।’

दुर्योधनको आग्रहमा बल्ल कर्णले त्यो ब्रम्हास्त्र जुन अस्त्रले कर्ण आफूलाई बलियो सम्झन्थ्यो, बिचरा दुखका साथ प्रयोग गर्यो । घटोत्कक बल्ल त्यो ब्रम्हास्त्र लागेपछि झन ठुलो पहाड जत्रो भएर दुइअक्ष्यौणी सेना मिचेर दुर्योधनकै सेनातिर ठूलो आवाजÞ निकाल्दै लड्यो र रातको लडाईं सधैंका लागि दुर्याेधनले बन्द गर्यो । किनकि रातमा निशाचर वलिया हुन्छन् । जङ्गलाँ गएर त्यो बाह्र वर्ष पाण्डबले त्यस्ता धेरै छोरा बनाउने मङ्गल पाए होलान् भनेर रातको लड़ाई बाद गर्यो ।’ गुरु गुर्धामीले भन्ने– ‘हो त्यसरी नै हाम्रो मुलुकाँ पनि स्कुल बन्द, बाटो बन्द, खानेपानी बन्द, फोहर फाल्ने ठाउँ बनाउन र शहर सफा गर्ने अभियान बन्द, मिडिया समाचार बन्द, उद्योगधन्दा बन्द, बासवारी छालाजुत्ता कारखाना बन्द, हेटौंडा कपडा उद्योग बन्द, उदयपुर सिमेन्ट बन्द । साझा यातायात बन्द । बुटबल धागो कारखÞाना बन्द ! कागÞजÞ कारखÞाना बन्द !

यसरी देशाँ रहेका उद्योगधन्दा बन्द गरेपछि देशका युवा शक्तिका क्वालीफिकेसन क्वालिटीहीन भएर थन्केन त ? थाहा छ मुर्खाण्डे ? स्कुलका बालबालिकालाई बन्दुक बोकाएपछि के हुन्छ ? त्यसरीनै देशलाई उज्यालोतिर जाने वाटाहरू बन्द । बन्दै बन्द गरेर सबै धन्दा बन्द गर्ने जहाँ चल्छ उद्योग त्यहाँ मजदुर भड्काएर बन्द । बन्दभित्र बन्द गराउने अनि देशाँ शिक्षा, रोजगारी उद्योगधन्दा भएन भनेर देशाँ सविधान पनि धान किराले खाने दशा ! देशै बन्द गरेर देशलाई रात बनाउने अनि को बलियो हुन्छ मुर्ख ?’ गुरुले आँफै प्रश्न गरेर आँफै उत्तर दिए तंँ जस्ता मुर्खहरू निशाचरहरू घटोत्कच हुन पाइहालिस् नि ! अब बुझिसे ?’

गुरु गुर्धामीले भनेू ल तँ पनि आजैदेखि राजनीतिमा लाग । तैं जस्ता मुर्खको जमाना छ जता सक्छस् त्यतै बन्दै गर । तोडफोड गर । तेरा छोराछोरी देशको ढुकुटी रित्याएर विदेश पठा अनि अरुका छोराछोरीलाई शिक्षा र रोजगार बन्द गरा मुर्ख ।’ गुरुले भने– ‘अब त बुझिस् ? अँ यो देशलाई फाईदा हुन लाग्यो भने काइदासँग नमिल, देश बिगार्ने कुराँ मात्रै फाइदा हेरी मिल मुर्ख । अब त कुरा बुझिस् नि हैन ?’ मैले पनि जवाफ दिएँ– बुझेँ गुरु मैले राम्रैसँग बुझेँ भयो अब भन्न परेन गुरु ! आफै बन्न पर्ने रहेछ हैन ?’ हो बल्ल बुझ्यो मुर्खले भन्दै गुरु खुब हाँसे । म पनि खुशी भएँ र भने नेपाल बन्द– जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!! । म पनि नारा लगाउँदै बाटो लागेँ !– संबिधान बन्दैन ! बन्दैन !! बन्दैन !!! संविधान ल्याउन पाइन्न ! पाइन्न !! पाइन्न !!! नेपाल बन्द जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!
हाल, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x