साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवस बनेका हाम्रा दिवस !

Nepal Telecom ad

हुन त हरेक दिन दिवस नै हुन् । कालो रातलाई चिर्दै आउने सुप्रभात हाम्रा कर्मशील हात र मननशील आँतका पौरख तथा प्रतिबध्दताको कार्यान्वयन गर्ने याम हो । रै पनि ‘दिवस’ ऐतिहासिक आलोकमा विद्यमान लोकजीवनलाई गौरवान्वित बनाउँदै नयाँ दिनहरुलाई अझ सु—न्दर र शान्त राख्न उत्प्रेरणा भर्ने तिथिमिति वा गर्वको पर्व हो । प्रजातन्त्र दिवस , लोकतन्त्र दिवस, गणतन्त्र दिवस , सहिद दिवसदेखि क्षयरोग , मुटुरोग , कुष्ठरोग , मिर्गौलारोगजस्ता दिवस मनाएुर व्यानर र प्लेकार्डमा सडक तमासाको मञ्चन गरेको ग¥यै छम् । पानी दिवस , हात धुने दिवसदेखि भन्नै नहुने अङ्ग—उपाङ्ग दिवस मनाएको मनायै गर्दा पनि हाम्रो जीवनमा सकारात्मक रुपान्तरण आउन नसक्दा ‘दिवस’ मात्र हल्ला , ढोँग , ढासा , ढर्रा र देखाउने दाँत बन्न विवस छ , बाध्य छ र अङ्ग नपु—गेको कर्मकाण्डकै नियति भोगिरहेको छ । यसरी सामाजिक , सांस्कृतिक , आर्थिक , राजनीतिक , स्वास्थ्य , धार्मिक , शैक्षिक , लैङ्गिक , कानुनी र भावात्मक दिवस मनाएर उपलव्धिविहीन हुने हाम्रो विवस दैनिकीले हामीलाई सधैं गिज्याइरहेको छ ।

बालदिवस मनाएर आए लगत्तै उनीहरुको शारीरिक र मानसिक शोषण गर्ने तलबितल परे पिट्ने उस्तै परे यातना दिने अभिभावकको आसनमा आसीनहरु लगौटी फुस्किएको पत्तै पाउँदैनन् बा ! नारी दिवस विसर्जनमा समानताको वेदान्ती भाषण छाँटेर घर आइपुग्दानपुग्दै घरलाई रङ्गशाला बनाएर स्वास्नीमाथि जूडोकराँते चलाउने बिप्ल्याँटा बहादुर पति जमात के दिवस मनाउने विवस पात्र हैनन् ? धूमपानरहित दिवस मनाउँदा मनाउँदै मञ्चमै सुर्ती र खैनी माड्न थाल्ने अनि चुरोटको तलतल मेट्न पिसाप आएको बहाना बनाउने चिफ गेष्टको बाथरुमको रेष्टलाई के भनेर बुझ्ने ? कतै अतिथि र प्रमुख अतिथि दिवसका विवस जोक्कर , जाँडका चोक्कर र भाँडका थोत्रा कलपुर्जा त होइनन् ?

दिवसलाई आफू मञ्चको गहना बन्ने , ठालू पल्टिएर भालु नाच देखाउने , गुटबन्दीको सुनौलो अवसर ठम्याउने जमातलाई समाजले के भनेर बुझ्ने ? सुशासन दिवस मनाएर आउने बित्तिकै कमिसन , घुस र अवैध सामानको ओसारपसारमा डिल गर्न अभ्यस्त हुने शासक तथा प्रशासकबाट कुशासनबाहेक के चैं आशा गर्ने ? यसरी अहिंसा दिवसमा धूमधाम बर्बराएर कार्यक्रम सिध्दिनेबित्तिकै बन्दुक र बम पड्काउन आदेश दिने ठूला मान्छेलाई देशबाट निकाल्ने कि मूला उखेले झैं उखेल्ने प्रश्न पेचिलो बनेर तेर्सिएको छ । कानुन दिवस धूमधामसित मनाएर कानुनकै बर्खिलाप बाङ्गो बनी नाङ्गो हिंड्ने ठूलो मान्छेलाई कुन दुलोको साँपसित मित घसिदिने ? दुव्र्यसनविरोधी दिवसमा जानेनजानेको प्रवचन लादेर सहभागीलाई हाई काढ्न बाध्य पार्ने ठूला मान्छेका कुरा एकैछिनपछि भट्टीको जाँड—पानीले अति भएर छादेर तमासा गरेको देख्दा त दिवसै धोती न टोपीमा बिचल्ली परेको महसुस हुँदैन र ?

यतिखेर हामी प्रजातन्त्र दिवस मनाइरहेका छौं । झन्नै साँढे छदसक दल , निर्दल र बहुदलका थरीथरीका अव्यवस्थामा प्रजातन्त्रको व्यवस्था आयो भनेर ‘प्रजातन्त्र दिवस’ मनाउन हामी झण्डादेखि डण्डासम्म चलाएर सडकमा बोक्रा र छोक्रा नारा घाँटी सुक्ने गरी कौलास्दै आएका हौं । तर प्रजातन्त्र दिवस त राजामहाराजा र मुठ्ठीभरका इनेगिनेका टाउके र लाउके जमातलाई मात्रै पो रहेछ । त्यसको स्वाद र सुगन्ध कस्तो हुन्छ भनेर चाख्न वा सुँघ्न हामीजस्ता निरीहलाई ‘आकाशको फल आँखा तरी मर् ’ भनेझैं छ बा ? जसरी ईश्वर निराकार , निर्गुण र अदृष्य छ , प्रजातन्त्र पनि हाम्रो लागि ठ्याक्कै त्यही तत्व बनेको छ । हामी त तथाकथितहरुका झण्डा बोकेर भाटा र डण्डा चलाउँदै बित्थामा ढुङ्गा—इट्टा हान्ने र निश्चित संभ्रान्तका स्वार्थ पूरा गर्ने गोटीमात्र बनिरहेका छौं । नाराका नशा पिलाएर नसा नसामा अल्कोहल फिजाउन सफल स्याल , ब्वाँसा र गिध्दका हुलले हामीलाई बारुदगोला थमाई आपूm हबेलीमा रम्न महामूर्ख बनाउने नौटङ्गी मञ्चन गरेको ग¥यै छन् । बलिदानका मिथक भट्भटाएर लुटको स्वर्ग खडा गर्न छटपटाएर हिंडेका मदारीका बथानले साँप नचाएको देख्दा देख्दै पनि हाम्रो मूर्खता आँप ठम्याएर यिनीहरुकै दासनुदास हुन गर्व गर्न लालायित हुन्छ गाँठे पुस्तौं पुस्ता !
लिङ्कनदेखि ओबामासम्म , प्लेटोदेखि प्रदीप गिरीतकका प्रजातन्त्रका भाषा र परि—भाषा घोक्दाघोक्दा र पढ्दा पढ्दै थाकेका हामी वर्तमान अक्षम , निर्घृणी सरदारहरुका आवेगी बोलीका छर्रालाई गर्रा मिलेर तथाकथित क्रान्तिको घर्रा उघार्न खोज्नु अर्को चरणको मूर्खाधिराज बन्ने कसरत हो भन्दा अति हुँदैन । दिवस जब मात्र विवस , बाध्यता , कर , देखावटी ढोंग , औपचारिक तानाबाना र ओठेभक्ति बन्दा पनि यसैमा आशक्ति देखाउनु हाम्रो गँवारपन , असभ्य हठ र शठताकै चरम औतार हैन र ? ०७ मा पारिवारिक निरंकूश राणाराज खतम भयो , अब प्रजातन्त्र आयो भनेर राजा, नव राणा र दलहरुले कौलासे अनि हामी हो ! गज्जब ! भन्दै प्राणपखेरु उड्ने गरी जिन्दावाद र मुर्दावादका भेडे राग जुलुसमा लाइनबध्द भएर घन्कायौं । ०१७ सालमा महेन्द्रले निर्दलीय प्रजातन्त्रको गर्जना गरेछि फेरि यसै गरी नारामा सडक ततायौं बल्ल प्रजातन्त्र आयो भनेर । ०४६ पछि त रामराज्यै हुन्छ र सा–म्यवादको सुनौलो युग आउँछ भनेर सहिद हुन तयार भयौं र कति त विवादास्पद सहिद बनेर लाखदेखि दसलाख मूल्यका सहिद बनाइए । ०५१ पछि चलेको जनयुध्द जसलाई यतिखेर धनयुध्द , गनयुध्द र मनयुध्द वा आवेगयुध्द पनि भन्छन् । त्यसमा समाहित बनी जनतन्त्र ल्याउन १७००० बलिको बोको बन्न पुगे झन्नै दुइहजार बेपत्ता र कयौ अङ्गभङ्ग भएर मृत्युशय्यामा छन् । केही शीर्षस्थको विशेषणमा रङ्गिएका पुच्छरस्थ वा पुत्लाहरु यहाँ पक्ष र प्रतिपक्षको मञ्चमा बसेर दिनरात ‘ जनता जनार्दन हुन् ’ भनी ओठे स्तवन गरेको ग¥यै छन् । सधै प्रजातन्त्र , लोकतन्त्र , जनतन्त्र , जनवाद ,न्यू डेमोक्य्रसीलाई अनाथ , टुहुरो , बेसहारा बनाएका आभारा लोकतन्त्रका अगुवा बनेका छन् । दर्शन , सिध्ध्दान्त र विचारको त्रिवेणीबाट चिप्लिएका ,राष्टढुकुटी हजम गर्दा गर्दा थाकेका खेतालागणको लोकतान्त्रिक गणत–न्त्रको विभिन्न डबलीमा हामी प्रजातन्त्रको रखबारी गर्न फेरि सडकदेखि….सम्म नारामा घन्किदै छौं । यसरी हाम्रो नियति नै आदेशमा घन्किने र अनादेशमा थन्किने भएकोले मुखिया र जिम्मलहरुले चेसको गोटी बनाएको बनायै गरे । सबै हाम्रा दिवस विवस, बाध्यता , कर कै उब्जनी हो । कथनी र करनीको काइते चाला हो । त्यसैले एक स्वरमा नारा घन्काऊँ— ‘ दिवस विवस नबनोस्’ ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x