साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लठ्ठी

Nepal Telecom ad

घर पुग्दा एउटा आकर्षक निमन्त्रणा कार्डले मेरो प्रतीक्षा गरिरहेको थियो ।
मित्र विनयलालले पठाएको निमन्त्रणा रहेछ ।

विनयलाल स्कुलदेखि स्नातक तहसम्मको क्लासमेट हो, मेरा । यतिवेला ऊ सहरकै प्रतिष्ठित व्यापारीमा गनिन्छ । व्यापारमा नयाँ नयाँ स्किम निकाल्न औधी सिपालु छ र ठूलो आर्थिक प्रगति पनि गरेको छ । तर जति आर्थिक प्रगति गरे पनि आफ्नो धरातल भुलेको छैन । कुनै पनि कार्यक्रममा मलाई बिर्सन्न ।

“फेरि के नयाँ काम थाल्यो त विनयले !” यस्तै सोंच्दै कार्डमा लेखिएको व्यहोरा पढ्न थालेँ ।
विनयलालले नयाँ सोरुम खोल्ने भएछ, “लठ्ठी सोरुम” ।

बस, ट्रक, कार, मोटरसाइकल, विद्युतीय सामान र विभिन्न औद्योगिक प्रतिष्ठानका उत्पादनहरूको सोरुम बारे मलाई पनि केही थाहा थियो । तर लठ्ठी सोरुम खुलेको कुरा मेरो पूर्व जानकारीमा थिएन ।

मित्र विनयलालले अकारण लठ्ठीको व्यापारमा हात हालेका पक्कै होइन । यसभित्र कुनै ठूलो सम्भावना देखेको हुनुपर्छ उसले ।
त्यस्तो सम्भावना के हुन सक्छ त ? राति सुतेको बेला मनमनै बिचार गर्न थालेँ ।

“बुढेशकालको सहारा भनेकै लठ्ठी हो” यसै भन्नु हुन्थ्यो मेरो हजुरबा ।
“देशको युवाशक्ति सुरक्षित भविष्य र रोजगारीका लागि विदेशिएपछि वृद्धहरूको डम्पिङसाइड बनेका छन् गाउँवस्ती । यस्तो अवस्थामा लठ्ठी व्यवसाय मौलाउने ठानेरै लठ्ठी व्यापारमा हात हाले होला, विनयले ।” मेरो बोधो दिमागले यस्तै अडकल काट्यो ।

यो पनि नयाँ अनुभव हुने भयो, मेरो लागि । मित्र विनयलालको सोरुममा एसियन, युरोपियन, अमेरिकन, अफ्रिकन र अरु नयाँ डिजाइनका लठ्ठीहरूको अवलोकन गर्न पाइने भयो । यस्तै सोचेर तोकिएको समयभन्दा दश पन्ध्र मिनेट पहिल्यै म सोरुममा पुगेँ ।

सोरुममा पुग्ने पहिलो आमन्त्रित म हुन पुगेँ । मुसुक्क हाँस्दै हात मिलायो विनयलालले र सोरुमभित्र लग्यो ।
सोरुममा छिर्नासाथ मेरा नजर सोकेस र शिसाका र्याकमा सजाइएका लठ्ठीमा परिहाले । कहाँको एसियन, युरोपियन, अमेरिकन र अफ्रिकन डिजाइनका लठ्ठीहरू हुनु । त्यहाँ त मेरो अनुमान विपरित विसशद्ध नेपाली मोडलका लठ्ठीहरू पो सजाइएका थिए । कुनै गोला, कुनै चारपाटे चिर्पट जस्ता कुनै काँडेदार डिजाइनका घङ्गारू, पैयुँ, निगालो र कटबाँस जातका लठ्ठीहरू सजाइएका थिए, त्यहाँ ।

“के ताल हो तेरो, विनय । त्यत्रा मोटर, कार र मोटरपार्टसको व्यापार गरेको मान्छेले के यस्तो सोरुम खोलेको ?” मैले भनेँ ।
“व्यापारको कुरो बुझ्दैनस् बाज्या, तैँले । देश नयाँ आन्दोलनमा गइसक्यो । यो त तँलाई पनि थाहा छ । यसपटकको क्रान्ति– सकेट बम, बन्दुक, रकेटलन्चर र एम्बुसको नभएर लठ्ठीको हुने घोषणा क्रान्तिकारीहरूबाट भइसक्यो । देशको लगभग आधा जनसङ्ख्या यो अनौठो क्रान्तिमा होमिने पनि सुनिश्चित भइसक्यो । यस्तो अवस्थामा लठ्ठीको भन्दा राम्रो व्यापार अरु के को हुनसक्छ ? घुस्यो केही बाज्याको दिमागमा ?” केही जिस्किँदै बोल्यो विनय ।

“याँ सुन बाज्या । लठ्ठी मात्रै होइन क्या । यो आन्दोलनमा जति बढी लठ्ठीको प्रयोग हुन्छ त्यत्ति नै बढी शिसा र मोटर पार्टसको व्यापार बढने पनि सुनिश्चित छ । त्यसैले दुई लठ्ठीको खरिदमा एक लठ्ठी उपहारको स्किम पनि ल्याएको छु, मैले त ।” कानैमा मुख ल्याएर भन्यो विनयले ।

यस्तो सुनेर मलाई लाग्यो, मेरा हजुरबाको लठ्ठी परिभाषा त अधूरो पो रहेछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x