साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खलपात्र

सताई राख्छ सैतान बौलाएर घरीघरी निकाल्न पनि गाह्रो छ शल्यक्रिया कुनै गरी रिसानी माफ होस् यत्ति मात्र गर्दछु सोधनी मभित्र मात्र त्यो हो कि छ त्यो हजुरमा पनि ?

Nepal Telecom ad

रुद्र ज्ञवाली :

हेर्दा म एउटा मान्छे मभित्रै द्वैध पात्र छन्
मिलेर यी दवै पात्र जिन्दगी यो खरात्दछन्
हेर्दा छ एउटै चित्र भिन्नता छ चरित्रमा
यसै चरित्रले गर्दा फस्छ जीवन द्वन्द्वमा ।

गर्नु हुन्न नराम्रो क्यै भन्छ सज्जन पात्रले
खुराफात गरौँ भन्छ भित्री अर्को कुपात्रले
सकारात्मकले भन्छ नाम राखौं समाजमा
नकारात्मकले भन्छ राखेको के छ नाममा ?

हुँदा म काममा व्यस्त मौन रहन्छ त्यो हठी
नहुँदा काममा डस्न थाल्छ सैतान त्यो उठी
देख्दै देख्दैन क्यै राम्रो नराम्रो मात्र देख्दछ
खोजेर खोट या गल्ती तीता टिपोट लेख्दछ ।

फैलाएर तिरस्कार बित्दछन् उसका दिन
गालीले गर्छ प्रारम्भ गालीबाटै समापन
फैलाउँ कसरी द्वेष घृणा यस्तै छ चिन्तन
पिओस् अम्मृतका प्याला गर्छ विष बिसर्जन ।

घोचेर बोल्छ यस्तो कि छ उस्को मुखमै छुरा
जान्ने सुन्ने स्वयम् आफै सुन्दैन अरूका कुरा
यौटालाई खसालेर अर्कोलाई चढाउँछ
मिलेको देख्न सक्दैन सुती पस्दै लडाउँछ ।

सुनेर बस्न सक्दैन मुख त्यस्को चिलाउँछ
माग्नै पर्दैन सित्तैमा उपदेश पिलाउँछ
ठड्याउन्न बुढी औंला चोर औंला ठड्याउँछ
सहयात्रा गरौँ भन्दै छिर्के हानी लडाउँछ ।

कसैले देशमा राम्रो कुनै काम गरे पनि
पखाल्न थाल्छ यस्तो र उस्तो पैले थियो भनी
जब सङ्कटमा देश पर्छ भिसा लगाउँछ
पुगी विदेशमा चर्को देशभक्ति कराउँछ ।

सताई राख्छ सैतान बौलाएर घरीघरी
निकाल्न पनि गाह्रो छ शल्यक्रिया कुनै गरी
रिसानी माफ होस् यत्ति मात्र गर्दछु सोधनी
मभित्र मात्र त्यो हो कि छ त्यो हजुरमा पनि ?

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x