साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहाडहरू जलिरहेछन्

Nepal Telecom ad

अटल विश्वास दृढताका साथ
शिर ढाडो पारेर
उभिएका शान्त पहाडहरू
यति बेला
ज्वालमुखी बनेर
शून्य हृदयले
धमिला आकृतिहरूमा
घृणा, आक्रोश र वेदना पोखिरहेछन्
हो, यति बेला
खरानी, आँसु र टाटा रगतमा
अनुवादित भई
पहाडहरू जलिरहेछन् ।
सूर्यको न्यानो अँगालेर
सुमधुर हावाको मीठो अनुभूतिमा
बादलुसँग लुकामारी खेल्ने
प्रकृतिको अनुपम सुन्दरताले
सुन्दर देखिने पहाडहरू
आज धुँवाको मुस्लो,
हुरी र बतासले
कुरूप बनेका छन्
हो, यति बेला
खरानी, आँसु, टाटा र रगतमा
अनुवादित भई
पहाडहरू जलिरहेछन् ।
गुराँस र लालुपाते सिउरेर
धान, फापर र तोरीको लह–लहमा
सधैं रमाउने पहाडहरू
विकृति र विसङ्गतिहरू समेटर
निर्मल आकाशमा
बाजहरू उडाइरहेछन्
घिनलाग्दो विनाशमा
बाँसुरीको नमिठो धुन
अलापिरहेछन्
यति बेला
जङ्गल गन्हाएर
स–साना नानीहरू
सास फेर्न नसकी निसासिएर
करूणा झारिरहेका छन्
चराहरू बँसाई सरिरहेछन्
हो, यति बेला
खरानी, आँसु र टाटा रगतमा
अनुवादित भई पहाडहरू जलिरहेछन् ।
पहाडमा झरनाहरूबाट
रगत झरिरहेको छ
पहाडको सुन्दरता
यति बेला
विरूप देखिएको छ
पहाडमा शान्ति होइन
कोलाहल मच्चिएको छ
पहाडका सुन्दर गीतहरू
नारा र आक्रोश भएका छन्
पहाडको न्यानोपन र आत्मियता
चिसो व्यवहार र घृणा भएका छन्
खेतहरू बाँझै छन्
गाई बस्तुहरू भोकै छन्
चट्याङ जस्ता चर्को आवाजमा
नानीहरू निदाउन सकिरहेका छैनन्
कस्ता चिसा मनहरूको प्रवेश भयो
स्वच्छ, निर्मल र शान्त पहाडहरूमा !
यति बेला पहाडहरू
आक्रोशमा चिच्याइरहेछन्
हो, यति बेला
खरानी, आँसु र टाटा रगतमा
अनुवादित भई
पहाडहरू जलिरहेछन् ।
२०५९, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म विक्रीमा छु

म विक्रीमा छु

राधेश्याम लेकाली
ऊ कसरी कवि हुन सक्छ ?

ऊ कसरी कवि हुन...

राधेश्याम लेकाली
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x