साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाबी

Nepal Telecom ad

गरिबी र अभावको धनी हीराबहादुरकी छोरी जन्मिई ! जातीय परम्पराअनुसार उसले जन्मेको छ दिनमा छैटी गर्यो ! छैटीमा भावी आएर बच्चीको निधारमा भाग्य लेखिदिए– “…कुपोषण, रोग र अभावको सिकार हुँदै घाँस–दाउरा गर्ने, लिपपोत गर्ने, अर्काकी नोकर्नी भएर भाँडा माझ्ने, एउटा गरिब केटासँग बिहे गर्ने, सानै उमेरमा बिधवा बन्ने, लाखौं अपमान र तिरस्कार सहेर उपचारको अभावमा अल्पायुमै मृत्युवरण गर्ने…!”

समयको बृद्धिसँगै हीराबहादुरकी छोरी हुर्कँदै गई ! साहूको घरमा काम गरेर पनि उसले पढ़ाइलाई निरन्तरता दिई र सधैं प्रथम हुँदै गई ! छात्रवृति पाएर क्याम्पस पढ्न थाली, राम्रो जागिर पनि पाई ! उसको यात्रा रोकिएन !

स्नातकोत्तरसम्म सधै प्रथम भई ! कलकलाउँदो उमेरमै विद्यावारिधि गरेर दात्री संस्थाह!सँग समन्वय गरी गाउँमा बिजुली, पानी, टेलिफोन, विद्यालय, स्वास्थ्य केन्द्र आदि स्थापना गरी ! सहपाठी एबम सहकर्मी प्राध्यापकसँग बिहे गरेर सन्तानलाभ पनि गरी ! उसको विद्वता, साहस, सुकर्म एवम् सफलताको चारैतर्फ प्रशंसा भयो !
उता छैटीको दिन भाग्य लेखिदिने भावी भने निधारमा हात राखेर हेरेकोहेर्यै भए !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x