साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको ख्याल–ख्यालः भोलिको पक्का–पक्की

Nepal Telecom ad

लुतो फ्याँक्ने सङ्क्रान्ति– ०२३
गल्लीको डेरा, काठमाडौं

प्रिय पाँडेज्यू,
ख्याल–ख्याल गर्दागर्दै तपार्इंले आफ्ना पाँडेबोलीहरू गाँसगुँस पारी ‘ख्याल–ख्याल’ को पुस्तक छापिसक्नु भएछ । टाकटुके लेखकबाट एक्कासी ग्रन्थकारमा तपाईंको प्रमोशन भएकोमा जति हर्क लाग्यो, त्यसको दोब्बर फुइ“ आपूmलाई तपाईंले ‘ख्याल–ख्याल’ कै भएपनि बेकारबाट सम्मतिकारको दर्जामा उचालिदिन खोज्नु भएकोमा मलाई लागेको छ ।

सधैँको खडेरीग्रस्त हास्यव्यङ्ग्यको फाँटमा शीतलाई पनि वर्षाद् ठानी फुर्कनुपर्छ भने ‘ख्याल–ख्याल’ लाई पनि भोलिदेखि नै ‘साँच्चि–साँच्चि’ को एक किस्ती साइपाटा भन्नैपर्छ । किनभने प्रवृत्तिगत वा समाजगत विकृति र विरोधाभाषको हासपूर्वक पर्दाफास गर्ने तपार्इंको बानीमा निक्कै जबानी चढिसकेको छ । शैलीको सिलाई, कुराको कटाई, व्यङ्ग्यको बुनाई देख्ता कति ठाउँमा एक्लै ताली दिन मन लाग्छ, तर तालीको साथै गाली पनि गर्न मन लाग्छ । पाउडरमा पीठो या घीउमा बोसो मिसाएझैंँ हँसाउने धूनमा कतै–कतै बढ्ता र सस्ता गफ पनि तपाईले हाँक्नुभएको छ । यो कुरकुरे वैंसको पनि प्रभाव हुनसक्छ । तर पनि व्यक्तिगत आक्षेपतिर आफनो चुलबुले कलमलाई सुइ“किन नदिनु भएवापत तपाईंलाई धन्यवादको एउटा अकबरी टीको टाँसिदिउँ जस्तो लाग्छ । मलाई लाग्छ हास्यव्यङ्ग्य पढ्दा कुनै खास किसिम वा वर्गले भित्र–भित्र मैलाई पो भनेको हो कि भन्ने ठाने पनि बाहिर–बाहिर उनीहरू पनि हा“सुन् । कारण यस्ता निबन्धमा उल्लिखित पात्र या घटना त्यस किसिमका प्रतीक मात्र हुन्छन्, तर चोरको खुट्टा काट भन्दा कसैले आफनो खुट्टो झिक्छ भने त्यो तपाईंको सफलता हो । त्यसैले त मैले भनें– हास्यव्यङ्ग्यकारको हर बोली पाँडेबोली हुन्छ ।

मेरो पनि सत्र थरमध्ये एउटा थर पा“डे हो । फुकीभाइको नाताले पनि ‘ख्याल–ख्याल’का प्रत्येक टुक्रा मैले पढेको छु, धेर हाँसेको छु थोरै पट्टाएको छु, अझ कति ठाउँमा आफ्नै पारा पाएको छु र शूलीको टुप्पामा टुपी छुवाएर रमाएको छु । उँटको बिहामा गधाले गीत गाउँदा दुवैथरी ‘अहो रूपं, अहो ध्वनिः’ भन्दै परस्पर प्रशंसाका ताली लगाउँदै जग्गेमै नाच्न थालेका थिए रे, कतै हाम्रो पनि त्यस्तै नभइजाओस् भनेर मान्छेभन्दा लामो मानपत्र मैले लेख्न नखोजेको हु“ । आखिर कुरा यति मात्र हो आफनो सगोत्री तपार्इंलाई ‘सफलताको खोजीमा’ सधैँ ‘ख्याल–ख्याल’ मात्र हात लाग्ने छैन । पक्कै लाग्ने छैन ।

रामकुमार पा“डेको ‘ख्याल–ख्याल’ कृतिबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x