सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘रबरको मान्छे’ विमोचित

Nepal Telecom ad

काठमाडौं, ०७२ बैशाख ७ । कवि शशी चालिसेद्वारा लिखित कवितासङ्ग्रह ‘रबरको मान्छे’को आज यहाँ विमोचन गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले संयुक्त रुपमा विमोचन गर्नुभयो । प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सम्पर्क विभागमा कार्यरत चालिसेका सो कृतिमा समसामयिक सन्दर्भ र आफूले जीवन भोगाइका विभिन्न चरणमा अनुभूत गरेका पीडा, संवेदना र आक्रोश बोकेका छोटा छरिता ४२ कविता समाविष्ट छन् ।

सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले कविता रचनाको अध्यास र साधना बढाउन कवि चालिसेलाई सल्लाह दिनुभयो । साहित्य प्रतिष्ठानका अध्यक्ष घिमिरे र उपाध्यक्ष केके कर्माचार्यले विशिष्ट आख्यानकार रमेश विकलकी सुपुत्र विजय चालिसे र सुपुत्री चालिसे पिताकै पथमा हिँडेकामा सन्तोष व्यक्त गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीले प्रज्ञा–प्रतिष्ठानमा धेरै कर्मचारी साहित्यकार भएको र संस्थाले सबैलाई फक्रने मौका दिएको बताउनुभयो ।

समीक्षकद्वय प्रा हेमचन्द्र नेपालले चालिसेका कविताको संयोजन सन्तुलित रहेको र बान्की मिलेको बताउँदै चालिसेले पारिजातपछिको स्थान बनाएको विचार व्यक्त गर्नुभयो । प्रा डा सुधा त्रिपाठीले सर्वसाधारण नेपालीको चित्र कवितामा अभिव्यक्त भएको बताउँदै उहाँलाई विद्रोहका स्वर पनि ओकल्न सल्लाह दिनुभयो । समीक्षक विनोद मञ्जनले कविले नेपाली साहित्यमा राम्रो स्थान बनाइसकेको विचार व्यक्त गर्नुभयो ।

कृतिका प्रकाशिका अम्बिका चालिसे पोखरेल हुनुहुन्छ । कवि चालिसे विसं २०३८ देखि नै कविता लेख्न सुरु गरे पनि सङ्ग्रहका रुपमा यो नै पहिलो हो । रासस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad