साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महा भूकम्प २०७२

Nepal Telecom ad

नाच्यो प्रकृतिले नाच भयङ्कर विनाशको
धराशायी बने गाउँ धेरैको ज्यान मास्सियो ।
सधैं ढक्ढक् सधैं ढक्ढक् नाङ्लो ढक्ढकिएसरी
भूकम्प र पराकम्प ढक्ढकाए घरी घरी ।

थरीथरीका मुद्रामा ढले शहरका घर
ढल्यो धरहरा ढ्याम्मै महानगरको शिर
जनजीवन तड्प्यो नै भोक प्यास बित्यासले
भयो राहतको वर्षा विदेशी कारबाँ चले ।

थियो प्याकेजमै वर्षा गास बास कपासको
गासनिम्ति थिए दाना बासनिम्ति त्रिपालको
देखी राहतको लर्को धनी मानी र हाकिम
थाले ¥याल चुहाएर आफै राहत हड्पिन ।

उर्लियो ¥यालको खोलो पाल चामल दालमा
भकारी भर्न तम्सेका देखिए अनिकालमा
सुरुमा त लुके स्याल पछि निस्के बथानमा
हुइया झ्याम्टा र चिम्टाका विभिन्न परिधानमा

निस्के शान दिँदै राता पहेँला सुकिला सुगा
दाता देखिन टक्रेका मान्छेका रँगिला लुगा
निर्लज्ज ह्याकुला टाँस्न अनुहारकितापमा
अरुको दुःखमा हाँस्न पीडामा गीत गाउन ।

मन्त्रालय गए मन्त्री थोत्रा बूढा प्रधान छन्
बिचरा छन् बिरामी छन् अरुक्रै ठानमान छन्
हेर्दा झुस्स कठै दाह्री बोल्दा जिब्रो चपाउँछन्
अमेरिका छ आशामा उपचारार्थ धाउँछन् ।

राष्ट्रको ढुकुटीबाट करोडौँ खर्च पाउँछन्
बुढा प्रधानमन्त्रीले खै के पो सजिल्याउँछन्
देशै खर्च भएको छ उनको उपचारमा
न सोचमा कुनै जोस न उज्यालो विचारमा ।

प्रतियोगी र प्रत्याशी अर्का उस्तै कठैबरी
विदेशकै भरोसामा उपचार सधैँभरी
करोडौं वाषर््िाकी खर्च ढुकुटी राष्ट्रकै न हो
चोटिला छन् कुरा गर्न जिब्रो छ छरिछाँटको ।

निस्केका छन् अनायास देशभक्त चरा बनी
आशा विश्वासको ठूलो खडेरी छ त्यहाँ पनि
सङ्घीयताको भूचाल धाँजा पार्ने प्रयासमा
प्रतिरोधी प्रक्रिया खै ? खै सार्थक परिश्रम ?

देशै दश चिरा पार्ने भूचाल दशरेक्टरे
चण्ड मुण्ड बनी ओर्ले चुत्थो आदेशमा परे
कुनै पाठ सिकेनन् खै यत्रो भूकम्पमा पनि
देश टुक््रयाउने यन्त्र घुमेकै देख्छु फन्फनी

कुनै छन् झुसिले लार्भा ढुकुटी नै चपाउँछन्
भोको नाङ्गो जगत् हेर्दै सधैँ स्वार्थ सधाउँछन्
खोक्रो पारिसके देश बोक्रा जो बाँकी त्यो पनि
छन् राता धमिरा गोला भोकका सक्कली धनी ।

जता हे¥यो त्यतै ब्वाँसा, राजनीति छ जङ्गल
एक्लो गाइसरी देश कहाँ भेटिनु मङ्गल ?
आशा हौँ जनता हामी भरोसा हौँ र नै पनि
विभाजन पसेका छन् त्यताबाट यता पनि ।

युगान्तकारी ज्वालामा जनता फेरिएपछि
ब्वाँसाबथान आगोको लप्काले घेरिएपछि
यथास्थितिको झाडीमा दावानल चढेपछि
फेरिएला कि यो दृश्य भ्रष्टतन्त्र डढेपछि ।

आशा पुनर्नवा दूबा,े यो भएरै छ जीवन
जीवनैबाट जानेको ज्ञान यो हल्लिने किन ?
भूकम्प बाढी पहिरो जति आउन् सनातन
आशाको स्रोत सुक्दैन, हार्दैन जनजीवन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x