साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चा–धर्म

Nepal Telecom ad

कुबेरको गरीब पार्टी प्रचार प्रसारको क्रममा एक दिन झुक्किएर म गरीबकोमा आइपुग्यो । आजीवन कमाएर स्वयम् हरियो वटवृक्ष भैसकेका रिटायर्ड महापुरुषहरू मिलेर रचिएको उक्त हरियो पार्टीका नेताहरू आफ्नो हरियाली लुकाउँदै गरीबको भेषमा घुम्दै थिए । ठिकै हो, आफू हरियो नभैकन देशवासीलाई हरियालीको सपना कसरी बाँड्ने ? बुद्ध नबनी अरुलाई कसरी बुद्धु बनाउने ?

अतिथि सत्कारको आर्य परम्परालाई नष्ट गर्नुभन्दा त खाजै ख्वाउनुमा केही नष्ट गर्नु बेश होला भन्ठानेर मैले पाँच–सात जनाको सो डफ्फालाई चिया चमेना गराउने बाध्यता अनुुभव गरें । खाजा खाजे क्रममा चम्चाको चर्चा चल्यो । ‘नेताहरूलाई चम्चा किन चाहिन्छ ?’ भन्ने प्रश्न त्यहाँ जन्म्यो । सदनमा विधेयक जन्मे जस्तै ।

मैले लाटोबुङ्गोको लाठो चलाएँ, रामायणमा हनुमानजीलाई बानरी सेनाले उनको शक्तिबोध गराएका थिए । अनि मात्र हनुमानले आफूलाई चिने । त्यसैगरी नेताहरूलाई ‘हजुर त यस्तो जान्ने उस्तो जान्ने, यस्तो गर्न सक्ने उस्तो गर्न सक्ने, भनेर बारम्बार फुक्र्याएर सचेत पार्ने काम उनका चम्चाहरूले नै गर्छन् । प्राचीन नाटकहरूमा पनि यस्ता विदूषकहरू हुन्थे जसले नायकलाई लक्ष्यसम्म पु¥याउन मद्दत गर्थे । अचेलको फिल्ममा जोकरको भूमिका पनि मूलतः चम्चा धर्म नै हो ।

मेरो भनाईमा चित्त नबुझेर हो कि, उनीहरूले चाँडै नै मेरो कुटीबाट प्रस्थान गरे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x