साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा ! बोल न बोल

Nepal Telecom ad

सिंगो आँगन जो थियो अब अहो टुक्रा र टाक्री भयो
आमा बिस्कुन खै सुकाउनु कहाँ मान्द्रो नअट्ने छ यो
आमाका दश भाइ पुत्र अहिले टुट्दै र फुट्दै गए
तिम्रो आँसु बगाउने र यसमा आहाल खेल्ने भए

जेठा दाजु पहाडको शिव हरे कान्छो मधेशी अरे
कित्ताकाट हुँदैछ आँगन कतै मिल्दैन कस्तै गरे
अर्का भाइ अरे हिमालतिरको त्यो माहिलो साहिँलो
मेरो राज्य कहाँ छ खै भनिभनी सोध्दैछ लौ काहिँलो

मेरो अंश कहाँ छ खै किन ग(यौ हेंला मलाई भनी
साह्रै चित्त दुखाउँदै छ बिचरा त्यो ठाहिंलाले पनि
काटाकाट छ आज भाइहरुमा के देख्नु यस्तो पर्यो
गर्दै छन् झगडा दिदी र बहिनी के लेख्नु यस्तो पर्यो

कान्छाले नदिने अरे अब कसैलाई तराई जिमी
यो बेला किन बस्दछ्यौ भन न हे आमा नबोली तिमी
बोलाई घरमा भए जति सबै छोरा र छोरीहरू
सुध्रिन्थे कि त यी कुरा गरिदिए आमा तिमीले बरू

सानो आँगन यो चिरेर अझ यो सानो बनाईकन
आफ्नो राज्य बनाउने अब अरे काटेर तिम्रो तन
लाजै लाग्दछ राज्य भन्न पनि यो के देख्नु यस्तो पर्यो
जे लेख्ने मन छैन यो कलमले त्यै लेख्नु कस्तो पर्यो !

नेपाली परिवार हौँ सबजना नेपाल साझा घर
हौँ तिम्रै सय जातिका कुसुम हौँ उद्यानका सुन्दर
सग्लो आँगन यो चरक्क चिरिंदा कस्तो रुँदो हो मन
आमा बोल न बोल हुन्छ अब के नेपालको जीवन !
लमजुङ, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x