साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्याङमाईको पिरेमपत्र

Nepal Telecom ad

ए, मुटुकी त्यान्द्रो !
धड्कनमा बजिरहने ढ्याङ्ग्रो !

मन चाहिए मनै तिमीलाई । ज्यान चाहिए त्यो पनि जिम्मै तिमीलाई । तर प्लीज, पैसा चैने नमाग ल, सुन्दरी ! तिम्रो प्रेमीको खल्ती अझै पनि मोटाएको छैन । नपत्याए कुरो सुन न हौ सुन । :–
यो मनमा लाग्याथ्यो– हामीले ले‘राको लोकतन्त्रमा लोकवासीहरू पुनसङ्गठित होलान्, आपसी सद्भावका तुनाहरू झन् कसिँदै जालान्, हिमाल, पहाड़, तराईभरिका गरीबको दिन फिर्ला, आर्थिक प्रगतिको चप्पलमा कुर्कुच्चा फुटेका पैताला घुसार्न पाउलान् । बस् तेत्ति थियो आशा । विभिन्न आन्दोलनमा हातमा ढुङ्गा बोकेर कुदेकै हो । रनबन फालहान्दै कुद्दा फाटेको गोल्डस्टार छाप जुत्ता अझै पनि बाख्राको खोरमाथि थन्केको होला । तर समय भने यथागति कुदी नै रहँदो रहेछ ।
अनि त जिन्दगीमा अहिले मजदुर भइएको छ । परदेशमा मजदूर ! चर्को घाममा दिनैभरिजसो खटिन्छ । बेल्का थाकेर डेरामा आयो, भात खायो । सुते पनि के सुत्नु, सितिमिति निन्द्रा लाग्ने होइन क्यारे ! हाम्रो नेपालमा संविधान निर्माणको काम कस्तो चल्दै होला भन्यो । आफ्नुतिरको समाचार खोल्यो, हेर्यो । जति हेर्यो त्यति निराश । झन् हेर्यो झन् निराश । कसो–कसो आन्द्रा बटारेर आउँछ । वान्ता होला–होला जस्तो पो हुन्छ । वा..क्क– थु… ।
विदेशी हस्तक्षेप र खटन–पटन त देखि–सहीआएकै हो, अब त देशमा साम्प्रदायिक तिक्तता पो सङ्क्रमण भा’छ रे !! हैन होउ… हाम्रा टाउके नेताहरूको बुद्धिले झन् झन् किन आलु खाँदै गैरहेको छ हँ ? संविधान बनाउने कुरामा– हेर, जुँगाको लडाईं ! कस्तो आश्चर्य ? फलानोवादी र ढिस्कानोवादीको खुब प्राक्टिस चलेको देखिन्छ– देश लुट्ने ! देश ऊँभो लाग्न नदिन सत्यानाशीहरु कम्मर कसेर लागेका देखिन्छन् । तिनका चर्तिकला देखाउँदा–देखाउँदा टेलिभिजनको पर्दा समेत विरक्त हुँदो हो– खुइ….य !
स्वघोषितै सही, मैं मिस्टर लुरेप्रसाद पनि सचेत र जिम्मेवार नागरिक भैटोपलेको छु भनुम् ! आफ्नो ठाउँ र आफ्नाजनहरूलाई जरूरी मद्दत गर्न सकिएन भनेर दिनभरि मन खल्लो भैरह्यो । साँझ पनि पर्दै आयो । त्यै खल्लो पखाल्न भनेर आज साँझ एक्लै जमें– म एक्लैले साढे–तीनपेग बाठोझोल बज्जाई दिएँ । पानी हालेनछु, मोटो बुद्धि, झन् झ्याप्प भैआयो । आइएम भेरी सरी ! आज फेरि मनैभरि पिरै बोकेर सुत्न लागें । गुडनाईट, सौरपानी हिल, यु माई पुअर प्रियसी । आई मिस् यु भेरिमच एण्ड स्टिल लभ यु, डार्लिङ ।

तिम्रो आफ्नै
मनोज लाम्छाने (राजिन)
चिलाउनेघारी सौरपानी, गोरखा
हाल काम गर्ने ठाम : च्याङ्माई थाईल्यान्ड

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x