साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोब्र्याउने मुत्र्याउने नयाँ दल

Nepal Telecom ad

मामा–भाञ्जाका बीच सुमधुर सम्बन्ध भयो भने सारै राम्रो हुन्छ । त्यसैले भन्छन् मान्छेहरू आमा सरहकै हुन् मामा पनि । म पनि त्यो कुरामा सहमत छु । त्यसैले त मिश्रमामा जस्ता बेसारेलाई पनि नजिक राख्ने प्रयत्न गरेको हुँ । उसो त कृष्ण–कंस, शकुनि र युधिष्ठिर जस्ता मामा भाञ्जा पनि होइनौं हामी । वास्तवमा मैले स्नेह नै गरेको हुँ मिश्रमामा प्रति । तर अब त्यो अवस्था नरहने छाँट देखिन थालेको छ । हिजोबाट म बिच्किएको छु मेरा मिश्रमामासँग । यसको कारण म बताउँदै छु ।
मिश्रमामा सधैं झैं हिजो बिहानै आउनुभयो टुप्लुक्क । फोहोरी मामाका लुगा कपडा नै गन्हाउन थालेका हुँदा बरण्डामै मेच, स्टुल र सानु टेबुल राखिएको छ अचेल । मामालाई देख्नासाथ बाहिरै कुरा गरी चिया नास्ता टकारी बाहिरबाटै बिदा दिन यसो गरिएको हो । यसो भए पनि मामा आउनासाथ ह्वास्स कपडा गन्हाइहाले । काठमाडौंको पानीको हाल सम्झेर त्यो पनि सहें । के गर्ने त ? मेलम्ची आएपछि धोलान् लुगा भनेर मन बुझाएको हुँ । तर तुरन्तै मनमा आयो मेलम्ची त नातिका पालामा मात्र आउला कि ! नभए पनातिका पालामा त अवश्य आउला नि भनेर सहिएको हो । यस्तो मेरो धैर्यलाई वास्तै नगरेर मिश्रमामाले त आज झन् बडो घिनलाग्दो कुरा पो गर्नुभयो ।
मेरी श्रीमतीजी चिया नास्ता टकार्दै थिइन्, मिश्रमामाले प्वाक्क भन्नुभयो– “भाञ्जा ! म त अब एउटा नयाँ दल खोल्दैछु ।”
देशमा च्याउ उम्रेझैं प्रशस्त दलहरू भइरहेको बेला मिश्रमामाले अर्को दल खोल्दा के फरक पर्ला र त भनेर मेरो मनले भनेकै हो । यिनले पनि अरु जस्तै समानुपातिक मत बटुलेर सांसद होलान् र एकपेट खालान् धूर्त नेताहरूलाई लल्कार्लान् तानि भन्ने कुरा मनमा खेलाउँदै हेरिबसेकै थिएँ– मामाको त ठूलो गर्जना पो आयो । “के हो ? म यस्तो गम्भीर कुरा गर्दैछु, कुरा बुभ्mनु छैन, के हो कसो हो भन्नु पनि छैन, एकोहोरो हेरिमात्र रहने ?” मिश्रमामाको गर्जन यस्तो थियो ।
मेरो मनले भनेको हो– कुकुरलाई पुल्पुल्यायो भने आप्mनै मुख चाट्छ । तर प्रकट रूपमा केही भनिन । बाध्यताका साथ सोधें– “कस्तो दल मामा ?”
मामाले ठूलो स्वरमा भन्नुभो “गोब्र्याउने र मुत्र्याउने दल ।”
शब्द सुन्दैमा घीन लागेको हो मलाई । कुरा पनि दिमागमा नआएकै हुन् । त्यसैले लाटीले मुला हेरेर दङ्ग परे झै एकोहोरो हेरेको हेरेकै थिएँ, मामा भन्दै जानुभो “हाम्रा सहराँ सार्वजनिक शौचालय छैनन् । समाजले यसको मर्म बुझ्न सकेको देखिँदैन । मलमुत्र त्याग निसन्देह अति आवश्यक विषय हुँदै हो । भर्खर फाँसी दिन लागिएको मान्छेलाई पनि मलमुत्र त्याग गर्नु पर्दछ । यो आइहाल्छ । त्याग्नै पर्दछ, रोक्न सकिँदैन । कहाँ त्याग गर्ने ? मर्मस्पर्शी कुरा हो यो । त्यसैले एउटा दल बनाई बाटोमै गोब्र्याउन मुत्र्याउन पाइनु पर्ने माग राखेर यसलाई अभियानकै रूपमा चलाउने दल खोल्न लागिएको हो । हाम्रो दलको विधानले भनेको छ– संविधान बनाउन भनेर दलहरूले र सांसदहरूले थुप्रै भत्ता पचाए तर संविधान बनाएनन् । जनसंविधानको अभावमा जनताका समस्या यथावत् रहे । त्यसैले हाम्रो दलको माग हुनेछ सार्बजनिक बाटामा निर्वाध रूपमा गोब्र्याउन मुत्र्याउन पाउने स्वतन्त्रता हुनु पर्दछ ।”
मामाका कुरा अझै बाँकी थिए होलान् तर मैले बीचैमा भनेँ– “सडकमा त्यसरी गोब्र्याउँदा मुत्र्याउँदा लाज नलाग्ला र मामा ?”
मेरा कुराले त मामाको पारा चढेछ, अनि भन्नुभयो– “सडकमा व्यापारीले ढुक्कैसँग पसल राख्दा लाज लाग्ने गरेको छ कि छैन ? त्यस्ता अनाधिकार पसलबाट सामान किन्दा तपाइँहरू जस्तालाई लाज लाग्ने गरेको छ कि छैन ? गोब्र्याउनु मुत्र्याउनु मात्र लाज हो ? होइन । अब हेर्दै जानुहोला हाम्रो दलका मान्छेहरू बाटोमा लाइन लागेर निर्धक्क दिसा पिसाव गर्छन् । जहिलेसम्म व्यापारी बाटोबाट हट्दैनन् जहिलेसम्म सभ्य भनाउँदाहरू बाटाका पसलबाट सामान किन्छन् तहिलेसम्म हाम्रो अभियान चालु रहन्छ ।”
मामाका कुराले मेरो रिस जुरुक्क उठ्यो । मैले भनेँ– “यदि यस्ता कुरा गर्ने हो भने अब तपाईंको र मेरो नाता कट । गेटआउट….।”
मामा खुसुक्क जानु भो । चिया नास्ता पनि अलपत्र प¥यो । मेरो मनले भन्यो “हुन त मामाका कुरा पनि उति बेमनासिव त होइनन् । बाटामा रहेका पसलबाट हामीले केही खरिद नगर्ने हो भने बाटा त सुरक्षित हुन्थे ।
मैले पनि आज चिया नास्ता केही खाइन । मेरो मन सडकतिरै गइरह्यो । कतै मामाको दल सफल भयो र बाटोमा लाइन लागेर मान्छेहरू गोब्र्याउन मुत्र्याउन थाले भने के कस्तो होला ? मोटरहरूले त्यो फोहोर पेलेर जताततै बनाए भने गनाएर बसिसक्नु होला र ? वातावरण कस्तो होला । सोच्दा सोच्दै मलाई घिन लागेर आयो । त्यही दुर्गन्धको हस्कोले गर्दा यत्ति नलेखी रहन सकिन । लेखें जे पर्ला पर्ला । अस्तु ।
नयाँ वानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x