सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राम्रो धान नपाएसम्म

Nepal Telecom ad

यसपाली,
सभासद भएको खबर
स्थानिय रेडियोले फुकेपछि
कान्छाका बाले निधारमा
रातो टिका लगाइदिँदै भने–
हेर कान्छा, तैँले हलो जोत्दा
बिकासे धान फलेकै थियो
जसो तसो भए पनि
घरको काम चलेकै थियो
अब सभासद भइस रे
संविधान बनाउन जान लागिस् रे
यो संविधान भनेको कस्तो धान रहेछ ?
बास्मती धान, तिल्की धान
मन्सुली धान त यहीं पनि बनाउन सक्थिस्
ठूला बडाले बनाउन नसकेको धान
त कसरी बनाउलास् ?
होस गरेस् है कान्छा
हामी गरीबलाई फसाउलान्
सभासद भनेर, जिन्दगीभरि हली बसाउलान्
हामीलाई मुखियाले झै
फेरि मुगलान पसाउलान् ।

अस्ती रेडियोमा मात्र सुनेको
विदेशीले दिएको कुन मकैको बिउ फलेन रे
कुन धान रोपेको झुलेन रे
नयाँ धान बनाउने भन्दै
नक्कली बिउ भिराउलान्
खाने एउटाले,हामी गरीबलाई तिराउलान्
त अनपढलाई छक्काउँदै
नक्कली धान देशमा छिराउलान्
राम्रो गौशाला नभएको देशलाई
अनेक प्रयोगशाला बनाउलान् ।

कान्छोले झोला बोक्दै भन्यो–
पिर नगर्नुस बा,
म पनि कम बाठो छुइन
हाम्रो नेताले नभनेसम्म
एउटा पनि ल्याप्चे लाउँदिन
राम्रो धान नपाएसम्म गाउँमै आउँदिन ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)