साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रो धान नपाएसम्म

Nepal Telecom ad

यसपाली,
सभासद भएको खबर
स्थानिय रेडियोले फुकेपछि
कान्छाका बाले निधारमा
रातो टिका लगाइदिँदै भने–
हेर कान्छा, तैँले हलो जोत्दा
बिकासे धान फलेकै थियो
जसो तसो भए पनि
घरको काम चलेकै थियो
अब सभासद भइस रे
संविधान बनाउन जान लागिस् रे
यो संविधान भनेको कस्तो धान रहेछ ?
बास्मती धान, तिल्की धान
मन्सुली धान त यहीं पनि बनाउन सक्थिस्
ठूला बडाले बनाउन नसकेको धान
त कसरी बनाउलास् ?
होस गरेस् है कान्छा
हामी गरीबलाई फसाउलान्
सभासद भनेर, जिन्दगीभरि हली बसाउलान्
हामीलाई मुखियाले झै
फेरि मुगलान पसाउलान् ।

अस्ती रेडियोमा मात्र सुनेको
विदेशीले दिएको कुन मकैको बिउ फलेन रे
कुन धान रोपेको झुलेन रे
नयाँ धान बनाउने भन्दै
नक्कली बिउ भिराउलान्
खाने एउटाले,हामी गरीबलाई तिराउलान्
त अनपढलाई छक्काउँदै
नक्कली धान देशमा छिराउलान्
राम्रो गौशाला नभएको देशलाई
अनेक प्रयोगशाला बनाउलान् ।

कान्छोले झोला बोक्दै भन्यो–
पिर नगर्नुस बा,
म पनि कम बाठो छुइन
हाम्रो नेताले नभनेसम्म
एउटा पनि ल्याप्चे लाउँदिन
राम्रो धान नपाएसम्म गाउँमै आउँदिन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x