साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन बाँकी एउटा जुलुस !

Nepal Telecom ad

अचेतनाको सम्पूर्ण शून्यतालाई चिरेको भन्दै
हामीले बाँचेको युग
खोजिरहेछ हाम्रै सामू परिवर्तनको लाम ।
इतिहास भत्काउनुलाई ठानिन्छ
आजको पहिलो उपलब्धि
र त भ्रमित आकांक्षाको पराकाष्टा चुलिएको छ
चुनौती दिँदै सगरमाथालाई ।

टिप्नुपर्ने के हो र सिँगारिनु पर्ने को हो
देख्दैन भ्रमको आँखाले समयको गति,
हेरिरहेछ गुमनाम आफ्नो अपनत्वको अपहरण
तर पनि मान्छे मान्छे हुनुमा गर्व गर्छ र
उक्लिरहन्छ अहम्ताको शिखर ।

क्लिष्टताको परिभाषालाई सँच्याउने बहानामा
निरत बगाएर अश्रुधारा
अचानो बनाउँछ आफ्नै छाती,
खोजिरहन्छ टुप्पोबाट पलाएको सभ्यता ।
सरलताको गाम्भीर्य कहिल्यै जानेन वा
गरेन चेष्टा खोज्नलाई सिमलको भुवाजस्तै कोमल भावना ।
आफूलाई आफैबाट उपेक्षाको डोरीमा
आत्महत्या गराइरहेछ — आजका समयको मान्छे ।

यो विश्व साँघुरो गराएर खुसी हुँदै गर्दा
स्वतन्त्रताका नाममा फहराएको झण्डा तल्तिर
किन अटाउन सकेका छैनन् सबै,
र किन बेचिन्छ मान्छेलाई आज पनि
पशुवत् मुल्यको निर्धारणमा ।
चिन्तनलाई बसाईँ सारिएको छ पृथ्वीबाट ।
काकाकुले पानी खान आकाशतिर हेरेझैँ
हरेक हेराइ फर्किरहेछन् उपलब्धिहीन स्वार्थ्तिर ।

आज पनि
जो आकाशको च्यादर ओढेर बिताइरहेछन् कालपरिवेश ।
जसले आफन्त बनाइरहेका छन् — डेन्ड्राइडका गन्धहरू
र माटोको कोमल बिछ्यौनामा पल्टिएर गाइरहेछन्
उदासीनताको संगीत ।

त्यही उदासीनताको संगीतबाट उठाउनु छ —
एउटा अस्तित्वको सवाल
र निकाल्नु छ मौन जुलुस
बोकेर स्वतन्त्रताको आवाज,
च्यात्नु छ मान्छेबिचको भेदलाई
त्यसैले, मलाई आजकल खुब मन पर्न थालेका छन् —
यिनै भुईँमान्छेका कथाहरू ।

तन्द्राङ, गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बा होइन पितामह

बा होइन पितामह

निशान निष्कर्ष
मुचुल्का

मुचुल्का

निशान निष्कर्ष
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x